सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउन एसइई परीक्षाको एक दिनअघि घोषणा गरिएको थियो। धेरै विद्यार्थीहरूका लागि एसइई एउटा ठूलो परीक्षा हो। हामी दुई वर्षदेखि यो परीक्षाका लागि तयारी गर्दैछौं।
म परीक्षा सक्न उत्साहित थिएँ। परीक्षापछि छुट्टिका लागि मैले धेरै कुराहरू गर्ने योजना बनाएकी थिएँ। म यात्रा गर्न चाहन्थेँ, पौडी खेल्न, अधिक चिनियाँ भाषा सिक्न र मेरा साथीहरूसँग उत्तम समय बिताउन। तर लकडाउनपछि, मैले परीक्षाका लागि अझै तयारी गरिरहनुपर्छ र मेरा सबै योजनाहरू बिग्रिएका छन्।
मैले मेरा साथीहरूलाई याद गर्छु र म चिजहरू सामान्य भएको चाहन्छु। लकडाउनका क्रममा मैले धेरै केही गरिनँ।
यस कारण मेरी आमाले मलाई एउटा भिडिओ सम्पादन गर्न आग्रह गर्नुभयो। मलाई भिडिओ सम्पादन गर्न मनपर्छ। त्यसैले मैले एक गन्धर्व दाइको लकडाउन अनुभवको भिडिओ सम्पादन गरेँ।
उनी ठमेलमा आएका पर्यटकहरूलाई केही सामान बेचेर र सारंगी बजाएर पैसा कमाउँछन्। लकडाउनले उनलाई कठिन समय दिएको छ।
हामी सबै एक समान समस्याको सामना गरिरहेका छौं। यसकारण यो लकडाउन महत्वपूर्ण छ। म लकडाउनको सबै समय बर्बाद गर्न चाहँदिनँ। म चिनियाँ भाषा अभ्यास गर्दैछु, मेरो कोठामा रङ लगाउनेछु, चित्र बनाउनेछु। म यो समयको सही प्रयोग गर्नेछु।
मलाई आशा छ, यो संकट चाँडै अन्त्य हुन्छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com