Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
शनिबार, फागुन ३०, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

अबको यात्रा...

Nmb
Nmb
सिमाना पौडेल

सिमाना पौडेल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

लकडाउनले हाम्रो अर्थतन्त्र तहसनहस पारेको छ । कलकारखाना, व्यापार, व्यवसाय पहिलेकै अवस्थामा आउन कम्तिमा दुई वर्ष लाग्ने कुरा विभिन्न अध्ययनले बताएको छ।

यो अवस्थामा कति कम्पनीहरुले आफ्ना कर्मचारीलाई तलब दिन नसकेर बिदाई गरेका छन्। कति टाट पल्टेका छन्। कतै आशाको सानो दियो छ भने हाम्रै मनभित्र छ।

सरकार कविता लेखिबस्छ। चीन र भारत हाम्रो सीमा मिचिबस्छ। राष्ट्र नै धरापमा भएको देशमा...।

अबको हाम्रो अर्थतन्त्र कसरी अगाडि बढाउने? हामी कसरी अगाडि बढ्ने भन्ने कुरा हाम्रो सहकार्यमा भरपर्छ। भुईचालो होस् या नाकाबन्दी या लकडाउन या अरु केही विपत्तिहरु, हाम्रो अर्थतन्त्र जबसम्म अरुप्रति आश्रित हुन्छ, हाम्रो हालत अझै खराब भएर जान्छ।

हामीले ठूलो घर बनाउने, महङ्गो गाडी चढ्ने सपना छाडेर अर्थात विलासीतालाई त्यागेर हाम्रो धरातलमा नओर्लिएसम्म हाम्रो स्थिति सुध्रनेवाला छैन।

अबको यात्रा...

कोरोनाको कारणले बेरोजगारी संख्यामा बढोत्तरी आएको छ। पर्यटन व्यवसायमा लागेकाहरु अझै दुई वर्ष आफ्नो पेशामा फर्कन सक्ने छैनन्। फेन्सी, कस्मेटिक सामानहरुको व्यापार लगभग बन्द छ। लकडाउन खुलेपनि त्यत्तिसारो मान्छेको आकर्षण रहने छैन।

तपाईँ केही नयाँ गर्ने बारेमा सोचिरहनु भएको छ? के गर्ने अलमल हुनसक्छ। अब निम्न व्यवसायहरु फस्टाउने सम्भावना देखिन्छः

१. कृषिसँग सम्बन्धित व्यवसाय

Ncell
Ncell

जस्तैः मौरी पालन, तरकारी खेती, अन्नबाली, नगदेबाली, तेलहन, दालहन आदि।

२. अनलाइन मार्केटिङ

जस्तैः अमेजनले गरिरहेको छ। कुनै फेसबुक पेज अथवा कुनै एप्स बनाएर हामीले त्यसमार्फत आफ्ना प्रोडक्टहरु बेच्न सक्छौँ। या अरुको सामान लिएर चाहिएको व्यक्तिसम्म सामान पुर्याउन सक्छौँ।

३. भिडियो इडिटिङ/वेब पेज डिजाइनिङ

अहिले कोरोनाको कारण मान्छेहरु प्रविधिसँग नजिक भएका छन्। फेसबुक, जुम लगायतका एप्सहरु चलाउनेको संख्यामा बढोत्तरी भएको छ। मान्छेहरुले पढ्ने सामाग्रीभन्दा पनि आकर्षक भिडियोहरुलाई रुचाएका छन्।

युट्यूब च्यानल खोलेर आफ्ना आइडियाहरु पनि बेच्न सक्नुहुन्छ। भिडियोग्राफी, फोटोग्राफी, यो पनि अर्को विकल्प हुनसक्छ। यसको लागि तपाईले अनलाईनबाटै फ्रि कोर्स पनि लिन सक्नुहुन्छ।

४. अनलाइन कक्षाहरु/अनलाइन ट्युसन कक्षाहरु

तपाईलाई पढाउनमा रुची छ भने अनलाइन कक्षाहरु सुरु गर्न सक्नुहुन्छ। जुन विषयमा तपाईको दक्षता छ, त्यो पढाउन सक्नुहुन्छ। अहिले सरकारले संस्कृत कक्षा १ देखि नै राख्ने भनेपछि सबैको ध्यान संस्कृतले तानेको छ। तपाई संस्कृतको अध्ययन गर्नुभएको छ भने सुरुआत यहीँबाट गर्न सक्नुहुन्छ।

५. मास्क, सेनिटाइजरको व्यापार

मास्क र सेनिटाइजर सप्लाई गरेर पनि तपाईले आफ्नो आम्दानी बढाउन सक्नुहुन्छ। ब्यापार भनेको अवसर हो। जतिबेला जे बिक्छ, त्यहीँ बेच्न सक्नुपर्छ।

६. विभिन्न नयाँ एप्सहरु बनाउने

हाम्रो आवश्यकता र चाहानाको छनोट गरेर एप्स बनाउन सक्यौँ भने त्यसले पनि भविष्यमा राम्रो प्रतिफल दिन सक्छ। जस्तैः इसेवा, खल्ती आजभन्दा दश वर्षअघि अब यस्तो हुनसक्ला भनेर सम्भावनाको आधारमा बनाइएको थियो। अहिले लकडाउनको बेलामा सबैको साथी भएको छ। तपाईँले पनि कुनै नयाँ आईडियालाई यसरी नै स्थापित गर्न सक्नुहुन्छ।

७. पशुपालन

हामीले बाहिरबाट आयात गर्नुको सट्टा नेपालमा ठूलो सेक्टरमा पशुपालन गर्न सक्यौँ भने यसको भविष्य पनि राम्रो छ। कुखुरा, खसी, माछा, भैँसी, बंगुर लगायतका पशुहरु पालेर पनि राम्रो आम्दानी गर्न सकिन्छ।

८. विभिन्न जडिबुटीहरुको उत्पादन र बेचबिखन

हामीले थोरै लगानीमा कुरिलो, घ्युकुमारी, हर्रो, बर्रो लगायतका जडिबुटीजन्य उत्पादन गर्न सकिन्छ। हामीले कृषिसँग आधारित रहेर उद्योगको रुपमा लैजान सक्यौँ भने त्यसले तत्काललाई प्रतिफल नदिए पनि पछि राम्रो प्रतिफल दिन्छ भने हाम्रो अर्थतन्त्रलाई बलियो आधार प्राप्त हुन्छ।

९.फलफूल उत्पादन तथा जुस प्रशोधन

हामीले फलफूल उत्पादन गरेर बाहिरबाट आयात गर्न नपर्नेगरी आत्मनिर्भर हुनसक्यौँ भने हाम्रो देशको बचत धेरै हुन्छ र व्यापार घाटा पनि कम हुन्छ। अहिले पेप्सी, कोकोकोला जस्ता पेय पदार्थलाई विस्थापित गराउने गरी जुसको बिक्री वितरण गर्न सकेको खण्डमा स्वास्थ्य र अर्थतन्त्र दुवैलाई फाईदा पुग्छ।

१०. नर्सरी

हामीले सजाउने फूल होस् या भ्यालेन्टाइनमा गिफ्ट गर्ने या कतै सभा, समारोह सजाउनको लागि चाहिने विभिन्न फूलहरु बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ। थोरै लगानीमा धेरै प्रतिफल पाउन सकिन्छ। नर्सरीमा तरकारीका बेर्नादेखि लिएर फूल, फलफूलका बेर्नासम्म राख्न सकिन्छ। तीन महिनादेखि छ महिनासम्मको तालिम लिएर आफैँले नर्सरी चलाएर राम्रो आम्दानी कमाउन सकिन्छ।

११. स्वास्थ्य प्रबर्द्धन सम्बन्धी व्यवसाय

अहिले आएर मान्छेहरु पूर्विय दर्शनतिर आर्कषित भएका छन्। स्वस्थ रहनको लागि पूर्विय दर्शनमा योगदेखि लिएर आर्युवेद, ध्यान, सम्मोहन जस्ता कुरामा मान्छेको आर्कषण बढ्दो छ। तपाईले आफूसँग भएको ज्ञानलाई कमर्सियलाइज्ड गरेर राम्रो आम्दानी गर्न सक्नुहुन्छ।

१२. वास्तुशास्त्र, ज्योतिषशास्त्र सम्बन्धी व्यवसाय

अहिलेको जमानामा मान्छेहरु फेरि प्रकृतितिरै फर्किरहेको अवस्था छ। वास्तुको कारणले पनि सफल र असफल हुने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको छ। मान्छेहरु अहिले आफ्नो जीवनशैली परिवर्तन गरेर प्राकृतिक जीवनशैली अपनाउँदै गरेका छन्। यसले गर्दा पनि वास्तुशास्त्रसँगको तपाईँको ज्ञान र लगाव छ भने अझै बढाएर यसबाट राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ।

त्यस्तै ज्योतिषशास्त्रप्रति मान्छेले जति विश्वास छैन भने पनि राशिफल देखेपछि मान्छेले नपढी बस्नै सक्दैन। मान्छेहरुलाई उचित परामर्श दिएर यसमा गुमेको प्रतिष्ठा फिर्ता ल्याउन सकिन्छ। कर्मकाण्डलाई त्यागेर वैज्ञानिक ढङ्गले व्याख्या गरेको खण्डमा यसबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ।

१३. मोबाइल तथा ल्याटप रिपेयरिङ हाउस

अहिले धेरैजसोको हातमा मोबाइल र ल्यापटप हुन्छ। यसलाई बनाउनको लागि ठूला सहरमा धेरै सेन्टरहरु भए पनि तपाईको नजिकै नहुनसक्छ। तपाईले सस्तोमा गुणस्तरीय सेवा दिन सक्नुभयो भने प्रतिफल पनि राम्रो पाउनुहुन्छ।

१४. अटोमोबाइल्स सेन्टर

अहिले गाडी, बाईकहरु जहाँतहीँ पुगेका छन्। बिग्रिएको गाडी मर्मतसम्भार गर्ने गरेर पनि राम्रो आम्दानी प्राप्त गर्न सक्नुहुन्छ।

नेपालमा थुप्रै सम्भावनाका क्षेत्रहरु छन्। तपाईको नोकरी गयो भन्दैमा यहाँ के गर्ने भनेर अल्मलिन पर्दैन। नयाँ-नयाँ चुनौतीहरुले नयाँ सम्भावना पनि बोकेर आउँछ। हामीले सम्भावना हेर्ने हो। सम्भावनालाई पछ्याउने हो। समस्या त जहाँतहीँ हुन्छ, समस्या चिरेर अगाडि बढ्नुपर्छ।

नेपालमा कृषि क्षेत्रमा लाग्नेहरुलाई सरकारले अनुदान पनि दिने गरेको छ। सामूहिक रुपमा ठूलो मात्रामा कृषिजन्य उत्पादन गरेर बजार प्रर्बद्धन गर्न सकेमा हाम्रो अर्थतन्त्र मजबुत बन्छ। जहिलेसम्म कृषि क्षेत्रको उपेक्षा गरिरहन्छौँ, हामी खानेकुरामै अल्झिरहनुपर्ने हुन्छ। धनी र गरिबको खाडल बढ्दै जान्छ। हुनेखानेले युरोप, अमेरिकाबाट पनि अर्डर गरेर पेट भर्लान् अनि नहुनेले?

हामीलाई चाहिने आधारभूत कुराहरु हामीले नै उत्पादन गर्न सक्नुपर्छ। हाम्रो उत्पादनले हामीलाई पुग्नुपर्छ। यसको लागि सहकार्य आवश्यक छ। पहिलेजस्तो एक्लै गर्छु भनेर अगाडि बढ्न सकिने अवस्था छैन। मिलेर अगाडि बढ्यौँ भने सबैलाई फाइदा पुग्ने देखिन्छ।

लकडाउनले गर्दा यहाँबाट विदेश जाने क्रम रोकिएको छ। पछि पनि रोकिन्छ। बाहिरबाट पनि मान्छेहरु आउँदैनन्। बरु विदेशमा रहेका नेपालीहरु नेपालमै फर्कने अवस्था छ। यो अवस्थामा सबैभन्दा बढी सम्भावना कृषि र कृषिसँग सम्बन्धित उद्योगसँग छ। यसैको प्रवर्दधन र विस्तारमा लाग्नु आजको आवश्यकता पनि हो।

हामीले जे काम गर्दा पनि अहिले अनलाइनलाई अर्थात ई-कमर्सको माध्यमबाटै गर्नुपर्ने हुन्छ। प्रविधिसँग टाढिएर हामीले सोचेको सफलता प्राप्त गर्न सक्दैनौँ। कृषिलाई आधुनिकीकरण गर्नुको साथै यसलाई ई-कमर्ससँग पनि जोडेर सिधैँ कृषकबाट ग्राहकको हातमा पुर्याउन सकेको खण्डमा धेरे लाभ हुने थियो। हामीले यस कामको लागि पुलको काम गरिदिन पनि सक्छौँ। जहाँ जसरी पनि सम्भावना खोजेर अगाडि बढ्नु हो जिन्दगी।

लकडाउन खुलेपछि यसको असर अझै टड्कारो रुपमा देखिनेछ। यसको लागि मानसिक रुपमा आफूलाई तयार गर्नुपर्छ। अकस्मात आएको परिवर्तनलाई स्वीकारेर अघि बढ्नुपर्छ। विपत्तिहरु आईराख्छन्। हरेक विपत्तिहरु हामीलाई अझ बलियो बनाउन आएका हुन्छन्।  दुखी बनाउन र निराश बनाउन होइन। सकरात्मक बनौँ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १३:५३
सिफारिस
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!
कंगारू किक हान्ने चुन्टे!
म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!
मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
कालीगण्डकीमा बग्नबाट बचेको दिन!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP