Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
बुधबार, चैत ४, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

पैसा खोई बुडु?

Nmb
Nmb
समिता लुईंटेल

समिता लुईंटेल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

वैशाख २२ गते बिहान

मैले श्रीमानलाई भनें ‘बुडो नानीको डाइपर सकिनै लाग्यो अफिसबाट आउँदा किनेर ल्याइदिनू है।

‘पख न ३ दिन त बाँकी छ २६ गतेदेखि लकडाउन केही खुलुको हुन्छ, चेकमा साइन गर्ने सर म्याडम अफिस आउनुहुन्छ, पैसा आइहाल्छ नि,पुरानो कति छ ?त्यति दिनका लागि पुग्दैन र? नपुगे सफा टालाटुली प्रयोग गर न ल, आज त सकिँदैन यार, पैसा पुग्दैन सरी बाबा।’ जवाफ दिए

फेरि सोधें ‘हजार रुपैयाँ पनि छैन ?,२६ गते लकडाउन खुलेन भने के गर्ने ? बाटो कुर्नुभन्दा आफैं चेकमा साइन गर्नेको घरमा गएर साइन गराए हुन्न?’

‘हाहाहा (हाँस्दै) ....बाबा, बाई, म अफिस गए है, राम्ररी बस्नू,।

’श्रीमान हिँडे।

तर म भने केहीछिन रन्थनिएँ, दुई वर्षभन्दा कम उमेरकी छोरीसँगै।

हेर नानी जान्दैनन् तिम्रा बाले, साँझ हेरम्ला के गर्छन्। रिस एकैछिनमा शान्त भैहाल्यो।

अफिस टाइम सकेर श्रीमान रित्तै घर आइपुगे। बाहिरबाट आएपछिका सरसफाईका नित्यकर्म सकेर छोरी र मेरो नजिक हुँदै भने,‘छोरीसँग म खेल्छु, तिम्रा हातले पकाको धेरै मीठो हुन्छ, किचेनतिर लाग्छ्यौं की?’
बिहान सेलाएको रिस फेरि उम्लिन थाल्यो।

Ncell
Ncell

‘लकडाउनमा फेसबुक हेरेका छैनौं ?, घरमा धेरैका श्रीमानले पका छन्, विभिन्न परिकार, तिम्ले खानमात्र जान्छौं?’ फ्याट्ट बोली फुट्यो।

लकडाउनमा धेरै समय घरमा हुने भएकाले छोरीले बुवालाई चिन्न थालेकी थिई।त्यसैले खुसी थिएँ म। अन्य समयमा बासँग रूने, नजिक नपर्ने छोरीले बाको हातै समात्दै दर्गुन थालेपछि, बा छोरीलाई छाडिदिएँ।

किचनबाटै फेरि कराएँ, तेल पनि सकियो, भोलि बिहानलाई तरकारी पनि छैन, नानीलाई दूध पुग्दैन, मसला, नुन, चामल, दाल सबै सकियो त, भोलि कसरी किन्ने ?

मेरा श्रीमानले मेरो रिस बुझेछन्, क्यारे, केही बोलेनन्, मैले फेरि,‘किन सुनेको पनि नसुनेको झैं गर्या, तिम्रो २६ गते कहिले आउँछ ?’२६ गते लकडाउन थप्यो भने के गर्ने ?

बुढा मस्तसँग नानीसँगै खेल्दैछन्।

वैशाख २३ गते बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ७ देखि १४ दिनका लागि लकडाउन लम्ब्याउन गरेको सिफारिस २४ गते बुधबारको मन्त्रिपरिषद्को बैठकले स्वीकार गर्दै १० दिन लकडाउन थप गर्यो। २५ गते राति १२ बजे सम्मको लकडाउन जेठ ५ गतेसम्मलाई पुग्यो। ५ गतेपछि फेरि लकडाउन थपेर जेठ २० गतेलाई पुग्यो।

यो सुनेर झनक्क भएँ, चिटचिहाट भयो। लकडाउनको बेला विभिन्न देशमा घरभित्रै बसी राख्नेलाई मानसिक तनावले समस्या ल्याएपछि उपचारका लागि अस्पताल लानुपरेको समाचार पढ्ने, सुन्ने, हेर्नेले, आफैं समस्यामा पर्छु कि! भन्ने डरले सतायो।

यो त मेरो घरको एउटा उदाहरण मात्र हो।

यो उदाहरण नेपालभरका शिक्षित, कार्यकारी, चिरपरिचित सबैमा लागू भएकै छ।

लकडाउनले कोरोनाबाट बच्न सकिन्छ भन्ने सरकारले, घरमा के खाने? कसरी खाने भन्नेको योजना ल्याउन सक्दैन? श्रम व्यवस्थापनको बेवास्ता गर्ने सरकारले, श्रमिकसँग पैसा पुग्ने व्यवस्था गर्न किन सकेको छैन? नेपालमा किट अभावले कोरोना परीक्षणको गति कम हुँदै गएको छ। सरकार धिमा गतिमा चलिरहेको छ। लकडाउन थपेर, जनता तर्साएर कोरोना भाग्छ भन्ने मानसिकताबाट टाढा हुनुपर्छ सरकार। ट्राफिक प्रहरीका अनुसार करिब १५ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाडेर मोफसल गएका छन्।

दुई वर्षपछि अर्थात् सन् २०२२ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा जाने घोषणा गरेको नेपाल सरकारले कोरोनाभाइरसको महामारीका कारण सामाजिक तथा आर्थिक असरले तत्काल पूरा नहुने जनाइसक्यो, यही नै हो लकडाउनमा सर्वसाधारणलाई थुनेर, विकासको बाटो रोकेको?

शिक्षा, स्वास्थ्य, आवास र खाद्य राज्यले पूरा गर्ने भनिए पनि नेपालमा अहिलेसम्म आकाशको फल आँखा तरी मर भन्ने उखानसँग मेल खान्छ।

कोरोना स्वास्थ्यसँग मेल खाए पनि, सरकारी रकम खर्च गर्ने र त्राहीमामसँगै लकडाउनले सर्वसाधारणमा हाऊगुजी मात्र ल्याएको प्रष्ट छ, होइन भने गरी खाने मान्छेलाई काम गर्ने बाटोको ढोका कहीले खुल्छ ?

इ.एन. ग्याडेनको भनाइ अनुसार प्रशासन भनेको जनताप्रति ध्यान दिनु वा तिनीहरूको हेर विचार गर्नु तथा तिनका मामिलाको व्यवस्थापन गर्नु हो जुन सरकारद्वारा सञ्चालित हुन्छ। तर यो लकडाउनको बेला सरकार त्यस व्यवस्थापनमा चुकेको छ।

कर तिर्ने मान्छेले सरकारसँग राहत माग्नु पर्दैनथ्यो। पथ्र्यो भने बिरामीको निहुँ पारी मोफसलबाट काठमाडौं एम्बुलेन्समा हुइँकिनेको भीड लाग्दैनथ्यो । लकडाउनबारे एकाद जानकार भए पनि धेरै जनताले यी विषयमा जानकारी पाउन सकेका छैनन्। यसमा कमीकमजोरी कसको हो ?

सरकारले सर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएको छ, यो सर्त प्रष्ट नहुँदा नहुने र सोझालाई पर्नुसम्मको मार पर्छ भन्नुको विकल्प छैन। र श्रीमानलाई भन्न बाध्य हुनुपर्छ पैसा खोई बुडु?

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १५:२०
सिफारिस
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
ओझन बुढाको डेरा कहाँ थियो?
ओझन बुढाको डेरा कहाँ थियो?
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

प्रियसँग जामाचो यात्रा!
विश्वप्रकाश पोखरेल।
डिजिटल नेपाल र साइबर सुरक्षा: बढ्दो प्रविधिसँगै बढ्दै गएको जोखिम
ए टौदह!
एक्लोपन: साइबर अपराधीको ब्रह्मास्त्र!
यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!
कंगारू किक हान्ने चुन्टे!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP