Ncell
Setopati
x
Honda
Setopati
x
Honda
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
आइतबार, चैत १, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

कृपावादको जागिर

Nmb
Nmb
विष्णुप्रसाद पन्थ

विष्णुप्रसाद पन्थ

gibl
gibl
gibl
gibl
विष्णुप्रसाद पन्थ।
विष्णुप्रसाद पन्थ।
Tata box 1
Tata box 1

कृषि प्रधान देश नेपालको कृषि स्नातक विद्यार्थी, मलाई अधिकृत हुने ठूलो रहर छ। कृषि क्षेत्रमा भविष्य उज्ज्वल छ, देशमै जागिर पाउन सजिलो छ र लोकसेवामा पनि राम्रो माग हुन्छ भनेर सबैको सल्लाह लिएर विसं २०७० सालमा कृषि तथा वन विश्वविद्यालयको प्रवेश जाँचबाट सुरु भएको मेरो अध्ययन विश्वविद्यालयको किचलोले गर्दा ४ वर्षको पढाइ, ४ वर्ष ५ महिना लगाएर पूरा भयो।

पढाइ सकेपछि अब जागिर गर्न पाइन्छ भन्ने सपनामा ठूलो धोका भयो। विसं २०७५ मा देशको परिस्थिति अनुकूल बन्न सकेन र कृषि मन्त्रालय अन्तर्गत कृषि लोकसेवाबाट कुनै पदको लागि विज्ञापन खुलेन। यसैगरी कृषि अनुसन्धान केन्द्रको पनि रिक्त पदको लागि विज्ञापन खुलेन। अर्को वर्ष कृषि मन्त्रालयको लागि लोकसेवाले २ सिटको लागि विज्ञापन खुलायो तर कृषि अनुसन्धानको विज्ञापनले कुनै छाँट देखाएन तर प्रदेश १ र प्रदेश ६ मा करारमा विज्ञापन खुले।

रिक्त पदमा नियुक्ति कसरी भयो भन्नेमा टिकाटिप्पणी धेरै आए तर म जाँचमा समावेश नभएकोले यथार्थ के हो भन्न सक्ने अवस्था रहेन। आउदो वर्ष विसं २०७७ सालमा ठूलो संख्यामा रिक्त पदको लागि प्रदेश र स्थानीय क्षेत्रमा लोकसेवाले विज्ञापन खुलाउने भन्ने कुरा सुनिन्थे। तर कोभिड-१९ ले गर्दा सरकारले त्यो विज्ञापनमा रोक लगायो।

केही दिन अघि प्रदेश नम्बर ५ ले कृषि सेवा करारमा ठूलो संख्यामा विज्ञापनबाट कर्मचारी माग गरेको छ र मेरो घर ठाउँमा खुलेकाले मैले आवेदन दिने सोच गरेँ। अब नेपालमा ठूलाबडाको चल्छ भन्ने सुनेकै कारणले जागिरमा नियुक्ति पाउनको निमित्त कोही नि कोही ठूलो मान्छेसँग भन्नु पर्ने हुन्छ भनी म त्रिभुवन विश्वविद्यालयका गणित विषय गुरुसँग (अवकाशप्राप्त) सहयोग माग्न पुगेँ।

उहाँलाई परिस्थिति बयान गरेपछि उहाँको परिचित कसैलाई भनिदिन आग्रह गरेँ। उहाँले मेरो कुरा सुनेपछि आफूले सहयोग गर्न नसक्ने भन्नुभयो। उहाँले यो कृपा गरियोसको आफू विरोधी रहेको भन्नुभयो र आफ्नो जीवनमा घटेको एथार्थ घटना सुन्न आग्रह गर्नुभयो। परिस्थिति अनुरुप सहयोग नमिले पनि मैले हुन्छ, सुन्छु भनेँ।

उहाँले आफ्नो कुरा राख्न सुरु गर्नुभयो र म उहाँलाई सुन्न।

‘केही वर्ष अगाडिको कुरा हो, मलाई अर्घाखाँचीको अपरिचित (नाम खुलाउन नमिल्ने) गाउँको माविमा गणित विषयको लागि शिक्षक आवश्यक भएको हुँदा त्यस स्कुलमा गइ आवेदन दिएका सबैलाई नियम अनुसार जाँच लिएर उत्कृष्टलाई शिक्षक नियुक्ति दिनु भनि खटाइयो। म त्यो ठाउँसँग राम्रोसँग परिचित थिएँ। म पत्र लिएर जाचँ मितिको दिन, बिहानै घरबाट निस्किएँ र जंगलको छोटो बाटो गन्तव्यमा हिडेँ।

त्यो गाउँका एकको घरमा पसी बटुवाको परिचय दिएर पानी पिउन मागेँ। एकछिन भलाकुसारी पछि, उनले आफै आज स्कुलमा गणित सर को हुने भन्ने जाँच छ अरे, एउटा बाहिरबाट सर जाँच लिन आउदै छन् रे, त्यसैले यही बाटो सर आउँदै छन् भनी केटाहरु बाटोसम्म लिन गएको कुरा गरे। म आउने थाहा पाएर ४-५ जना युवा मूलबाटोमा पर्खेर बसेका पनि रहेछन् तर म जंगलको बाटो हिडेकोले भेट भएन।

मैले खासमा कस्ता शिक्षक खोजेको हो र भनी नजाने झैँ गरी सोधेँ। म ढुक्क थिएँ, उनले त्यहाँको परिवेश मलाई उनले भन्ने छन् भनेर। राम्रोले पाए हुने हो तर भागबण्डा मिलाउँछन्, कसको लागि हो यसपाली खै, कुरा मिलाउन त होला बाटोसम्म लिन गएका भन्दै विस्तार लगाए। समयमा पुग्नुपर्ने भएकाले उनीसँग बिदा भइ म स्कुल तर्फ हिडेँ।

Ncell
Ncell

म स्कुल पुग्दा अघि भनेका युवाहरु त्यहाँ हेडसरसँग अफिस भित्र कुरा गर्दै थिएँ। बाटो फरक भएको चाल पाएर होला चाडो नै फर्केका रहेछन्। मैले देखेँ, चार उम्मेदवारहरु अफिस बाहिर थिए र सबै पहिलेका मेरा विद्यार्थी पनि। अफिस भित्र मलाई उनीहरुले आफ्नो मान्छे परिचय गराएर उसलाई जसरी नि नियुक्ति गर्नु पर्छ, त्यसैले सहयोग गर्न भनि प्रस्ताव आयो।

मैले जवाफमा भने- म नियम पालना गर्छु। जोजो जाचँमा बस्छन्, त्यसको सही मूल्यांकन हुन्छ। मलाई सबै उम्मेदवारको विवरण राम्रोसँग थाहा छ। सबैले जाँच दिएमा तिमीहरुले भनेको उम्मेदवार प्रथम हुँदैन, सायद यो कुरामा तिमीहरु प्रष्ट नै हौला। नबोलाउनु मलाई जाँच लिने निमन्त्रण आयो। जाँच हुँदैन भन्नुहुन्छ भनी हेडसर, म जाँच कारणबस नभएको पत्र यहाबाट लिएर फर्कन्छु। जाँचमा गराउने व्यवस्था हजुर मिलाउनु होस् सर।

मसँग नसक्ने भएपछि उनीहरुले बाहिर गइ सबै उम्मेदवारसँग गफ गरे। मेरो पूर्व विद्यार्थी भएको हुनाले होला, सदा श्रेणीमा आइरहने एकजना मसँग कुरा गर्न आइन्। सर यहाँ तिमीलाई मिल्दैन, हामी तिमीलाई अर्को ठाउँ मिलाईदिन्छौँ भनेका छन्, म के गरूँ? भन्दै सल्लाह माग्दै थिइन्। मैले भनेँ- जाँच लिने म, नियुक्ति दिने नि म, प्रश्नपत्र पनि बनेको छैन अब बनाउने हो, जाँच नियम अनुसार हुन्छ। मैले तिमीलाई भन्न मिल्ने यही मात्रै हो, जाँच दिने नदिने तिम्रो विचार।

अन्तिममा के कसो गरे, पहिले जाँच दिन आएका चार जना भए पनि, जाँच दिने बेला उनीहरुको निकट एक उम्मेदवार मात्रै भए। त्यो अवस्थादेखि मन खिन्न भयो अनि प्रश्नपत्र बनाउन मैले हेडसरलाई जिम्मा दिएँ। उमेदवार पास नभए मलाई असजिलो प्रश्न सोधेको भनौला, त्यसैले तिमीहरु बनाओ, र उत्तरपुस्तिका म सबै सामु जाचुँला, यो मेरो सहयोग भयो भनेँ।

सोअनुसार उनीहरुले बनाएको प्रश्नबाट उम्मेदवारले जाँच दिए र सबै सामु रातो कलम निकालेर उत्तपुस्तिका मैले जाचेँ, जसमा पास हुनु पर्ने अंक ४० थियो तर उम्मेदवारको जम्मा २८ आयो। टिपेक्क्स प्रयोग गरी सुधारेर जेनतेन ४० पुर्याउन लगाएँ, र पास गराएँ। मैले नियुक्ति पत्र सहित उनलाई टिउसन् पढेर मात्रै विद्यार्थी पढाउन अनुरोध गर्दै आफ्नो बाटो हिडेँ।

मलाई अझै याद छ, म निस्कने बेला हेडसर अँधेरो हुनु भाको थियो। कारण के थियो, मलाई थाहा भएन। आज नि त्यो माविमा उनै व्यक्तिले गणित पढाउँदै छन्। आज पनि यो नियुक्ति चलन लागू छ। हिजो भित्र भित्र यी काम हुन्थे, र आज खुलेआम हुन्छ। फलानो ठूलो मान्छेको नातेदारको लागि हो यो पोस्ट खुलाएको भनी पारदर्शी गर्छन् तर विरोध कसैको हुँदैन।

हामी मूल सडकमा सरकारको ध्यान गएन भन्दै गाली गर्दै नानाथरि भन्छौँ, तर आफ्नै घर अगाडिको पोहोर बनाएको भित्री सडक बर्खाले बगाएको हाम्रो बोलि निस्किदैन। किनकी, त्यो हामीले चिनेको मान्छेको काम हो, सधैँ काम लाग्ने हो, किन दुश्मनी गर्नु! नयाँ संस्करणमा सबैजसो कार्यालयमा करार कर्मचारी नियुक्ति कृपाले भइराखेको छ भन्नेमा दुईमत छैन। हिजोसम्म लोकसेवा ठिक थियो तर गएको वर्ष कृपा गरियोस् संस्कृति यहाँ नि छिरेको भन्ने समाचार सुन्नमा आयो।

यो संस्कृति लोकसेवामा फैलाउन नदिउन् भनी आशावादी हौँ। यहाँ अलि पढेका मध्ये केही बाहिरिए, केही जनतन जागिर गर्दै छन्, र बाँकी सबैमा कृपा गरिएको छ। फेरि सबै गलत भन्ने हैन, नियम अनुसार काम गर्ने पनि छन्। त्यहाँ सक्षमता मात्रै काम लाग्छ तर धेरै ठाउँमा जप्नै पर्ने भएको छ: मेरो कृपा गरियोस्, मेरो उपकार गरियोस्, मेरो कृपा गरियोस्, मेरो उपकार गरियोस्। यसरी देश कता मोडिएला, भन्नेमा चिन्ता लाग्छ मलाई।’

उहाँलाई सुनेपछि मलाई आफूमै खिन्नता आयो। आजसम्म पढाइमा पछि नपरेको व्यक्ति, आज जागिर खान अरुको आश गर्नु परेको छ। आफन्तवाद र कृपावाद नहुँदो हो त म अहिले ठूलो मान्छे खोज्न हैन, पुस्तक खोजि गरी पढ्नमा व्यस्त हुन्थेँ की भन्ने मनमा लाग्यो। आज गुरुले भनेका गहन विषय अनि नियमका कुरा मनमा खेल्दै थियो अनि फेरि अरु कसलाई भन्न सकिएला, जागिरको कृपा कसरी होला भन्ने टेन्सन पनि थियो।

म यस्तै दोमन कुराहरु खेलाउँदै उहाँबाट बिदा भएँ र घर पुगेँ। भोलि म तयारीको लागि पुस्तक पढ्ने छु की कोही बढेमानलाई भेट्न जानेछु, राम जाने!

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १७:४३
सिफारिस
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्‍याउन एनआरएनको लगानी अपरिहार्य छ- सिएनआई उपाध्यक्ष ढकाल
नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्‍याउन एनआरएनको लगानी अपरिहार्य छ- सिएनआई उपाध्यक्ष ढकाल
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

एक्लोपन: साइबर अपराधीको ब्रह्मास्त्र!
यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!
कंगारू किक हान्ने चुन्टे!
म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!
मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP