Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
शुक्रबार, चैत ६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

बाल विश्वास

Royal Enfield
Royal Enfield

बिजयकुमार श्रेष्ठ

gibl
gibl
gibl
gibl
बिजयकुमार श्रेष्ठ।
बिजयकुमार श्रेष्ठ।
Tata box 1
Tata box 1

हामीले सिबियालाई जन्म दियौँ र सिबियाले हामीलाई नयाँ सोचको जन्म दिइन्। सिबिया मेरी बीस महिनाकी छोरी हुन् |

'मेरी छोरीमा मेरो र उनकी आमाको जीन भएता पनि उनी एक छुट्टै मानव हुन्। तसर्थ मैले उनको भविष्य निर्क्योल गर्न सक्दिनँ।' त्यस्तै भाव बोकेको ‘एल्डर सरज्लिक’ द्वारा ‘द न्यु वोर्क टाइम्स’ मा 'बिकमिङ प्यारेन्ट्स टु आवर सेल्भ्स' शीर्षकमा प्रकाशित लेखले मेरो मनको भित्री कुनामा प्रभाव पारेको थियो।

सिबियाको जन्मसँगै एक नयाँ सोचको पनि जन्म भएको थियो। उक्त लेखले अत्यन्तै प्रभाव पार्नु र नयाँ सोचको जन्म हुनुमा हाम्रो समाजमा घट्दै आएका घटनाहरू र मेरै साथीभाइहरूका कहानीहरू मुख्य कारण थिए, जसरी अझै पनि कतिपय ठाउँमा सन्तानलाई आफ्नो खुनको नातासँग जोड्दै अभिभावकहरूले आफ्नो इच्छा अनुसारको कार्य गर्न बाध्य तुल्याउने चलन छ।

त्यही बाध्यात्मक परिस्थितिबाट मैले मेरा कयौँ साथीहरू गुज्रिरहेको देखेको छु। सम्भवत: त्यसको शिकार कतिपय परिस्थितिमा जानेर वा नजानेर म आफै पनि भएँ होला। त्यही खुनको नाताको परिफन्दामा परी आफ्नो इच्छा र आकांक्षालाई कुण्ठित पार्दै आफ्नो इच्छा विपरित जीवनलाई डोर्‍याउने क्रममा कत्ति पनि खुसी नभएका जीवनका कहानीहरू, मैले कति सुन्दै, पढ्दै, देख्दै आएको छु। चाहे ती देशभित्रका साथीहरूको कहानी होस् या देश बाहिरका।

समाजका यस्तै घटना अनि परिघटनाहरूबाट विरक्त मान्दै, सिबियाको जन्मपश्चात्, माथि एल्डर सरज्लिकले आफ्नो लेखमा वर्णन गरेजस्तै, हामीले (म र मेरी श्रीमती सावित्रीले) आफ्नो सन्तानमाथि खुनको घमन्ड कहिल्यै नगर्ने निर्णय लिएका थियौं/ छौँ। यो कुरा सोह्रै आना साँचो हो, हाम्रो जीन उनमा सरेको छ तर उनी एक छुट्टै मानव हुन् भन्ने कुरालाई हामीले अन्तर्मनदेखि बुझेका छौँ र बुझ्ने प्रयास गरेका छौँ। आगामी दिनहरूमा पनि बुझ्दै जानेछौँ।

तसर्थ हामी यौ कुरामा प्रतिबद्ध छौँ की सिबिया आफ्नो जीवनमा बढ्दै जाने क्रममा, सिक्दै जाने कुराहरूमा हस्तछेप गर्ने छैनौँ। बरु उनलाई एक खुला पुस्तकालयको रुपमा स्वीकार्ने छौँ र उनका जीवनका प्रत्येक घटना र क्रियाकलापहरूलाई एउटा पुस्तकको रुपमा अध्ययन गर्नेछौँ। एक जिम्मेवार अभिभाकको हिसाबले आफ्नो कर्तव्य पालना गर्ने कुरामा हामी दुबैले कत्ति पनि कन्जुस्याइँ गर्ने छैनौँ।

यही नयाँ सोच र विचारलाई सिरोपर गर्दै छोरी सिबियासँग खेल्दै अनि रमाउदै गर्दा उनी अहिले बीस महिनाकी भइन्। उनी आफ्नै गतिमा हुर्किदै छिन् पनि। उनको बढ्दै जाने क्रमलाई र कतिपय क्रियाकलापलाई खुल्ला पुस्तकालय जस्तै मानी अवलोकन अनि अध्ययन गर्ने क्रममा उनीभित्र रहेको ‘बाल विश्वास’ ले अमिट छाप छोड्दै छ। त्यही अमिट छाप छोड्दै गरेको 'बाल विश्वास' को चर्चा, म यहाँ गर्दै छु।

गुराँस-गुराँस

आजभोलि सिबिया पनि हामी सँगसँगै, उनको छुट्टै भाँडोमा पानी पिउँने भएकी छिन्। उनको भाँडो भने नफुट्ने किसिमको बलियो प्लास्टिकले बनेको छ। भाँडोको दुवैतिर मज्जाले समाउन मिल्ने हाते डन्डी छ। भाँडो बन्द गर्ने बिर्कोको माथितिर करिब एक इन्च जति बाहिर निस्केको रबरले बनेको सेतो पाइपको चुचो छ।

Ncell
Ncell

उनी त्यही हाते डन्डीलाई च्याप्प समाएर पाइपको चुच्चो लाई पूरै मुखभित्र राख्छिन् अनि बल गरेर श्वास भित्रैदेखि लिएर सोही पाइपबाट पानी तान्छिन् र घुटुघुटु पिउँछिन्। पानी पिएपछि कुनै ठूलै कार्य सकेझैँ लामो श्वास लिँदै हाहा… गर्छिन्। तोते बोली न हो, उनी पानीलाई 'मानी' भन्छिन्।

यसरी आफै पानी पिउने क्रममा, बेलाबेला उनी साधारण रुपमा सर्किन्छिन् र अभिनय गरेझैँ खोकेजस्तै गर्छिन्। उनको यो बनावटी खोकी तबसम्म निको हुँदैन जबसम्म सावित्री र म दुबै जनाले उनले सुन्ने गरी गुराँस-गुराँस भानिदिदैनौँ। यदि घरमा अन्य सदस्य पनि छन् भने सबै सदस्यले पालैपालो गरी उनलाई गुराँस-गुराँस भानिदिनुपर्छ।

जब सबै जनाले पालै पालो गुराँस-गुराँस भनि दिन्छौं, तब उनको खोकी सन्चो हुन्छ। अचम्मको कुरो, गुराँस-गुराँस भन्ने शब्द ओखती भएर उनको खोकी सन्चो भएको हो या उनलाई गुराँस-गुराँस भन्ने शब्दमा त्यति धेरै विश्वास हो, जसले उनको खोकी तुरुन्त निको पारिदिन्छ। यदाकदा हाम्रो समाजमा खानेकुरा खाने क्रममा घाँटीमा खानेकुरा अड्कियो भने गुराँस-गुराँस भन्नुपर्छ अनि अड्केको खानेकुरा घाँटीभित्र छिर्छ भन्ने जनविश्वास छ। हामी पनि त्यही जन विश्वासको कारण बेला बेला उनलाई गुराँस गुराँस भनिदिन्थ्यौँ।

पाआ

सिबिया कुनै साहाराबिना आफै टुकुटुकु हिड्ने भएकी छिन्। अलिकति खुल्ला ठाउँ पाउनेबित्तकै कुनै कुराको प्रवाह नगरी दगुर्छिन् भनौँ आँखै नहेरी। जताततै चढन खोज्छिन्। हाम फाल्न खोज्छिन्। साह्रै चकचके भएकी छिन्। एकैछिन पनि आराम गरी बस्दिनन्। उनको आराम गर्ने समय भनेको केबल निन्द्रा परेर निदाउने समय मात्रै हो। आफूभन्दा ठूलोले गरेको हरेक क्रियाकलापको देखासिकी गर्न खोज्छिन्।

त्यस्तै क्रियाकलाप गर्ने क्रममा खुट्टा लर्बराउँदै उनी कहिले भित्तामा ठोकिन पुग्छिन् त कहिले खाटमा, कहिले सोफामा ठोकिन पुग्छिन्, त कहिले दराजमा। या भनौँ घरमा भएक धेरै जसो वस्तुसँग उनी मितेरी लगाउन पुग्छिन्। त्यसरी ठोकिदा उनलाई कति दुख्दो होला। सायद दुखेरै होला, ठोक्किने बित्तिकै एक्कासी चिच्याएर रुन्छिन्। तर उनी जुन वस्तुमा ठोक्किन पुग्छिन्, त्यही वस्तुलाई हामीले ‘पाआ’ भनिदिँदा उनी चुप लाग्छिन् र हामी सँगसँगै पाआ भन्न सुरु गर्छिन्।

यसरी पाआ भन्ने शब्द उनको दुखाइको ओखती हुन्छ। हामी सबै मिलेर उनी ठोक्किएको वस्तुलाई पाआ भनेपछि उनी फेरि हाँस्दै रमाउन थाल्छिन्। के उनको त्यही 'बाल विश्वास' ले गर्दा दुखाइ सन्चो भएको हो त? हामी सोचमग्न हुन्छौँ पनि।

(चलनचल्ती अनुसार यदि कुनै वस्तुसँग या भनूँ साथी-सङ्गीसँग आफ्नो टाउको ठोक्किन पुग्यो भने मितेरी साइनो गाँसिन पुग्यो भन्ने जन विश्वास नेपाली समाजमा छ। यसरी झुक्किएर गाँसिन पुगेको मितेरी साइनो फुकाउन भुँइतिर घोप्टिएर थुकबाहिर ननिस्कने गरी थु-थु गरी फुकाउने चलन पनि कता-कता भेटिन्छ। खै यसमा सत्यता छ की छैन। अनुसन्धानको विषय बन्न पनि सक्ला।)

फू... फू…

विगत केही महिनादेखि साँझ-साँझ म, सिबिया अन्य परिवारका सदस्यसहित घरनजिकैको बाटोमा हिड्न निस्कन्छौं। त्यसरी बाटोतिर निस्कने बेला, माथि चर्चा गरेझैं अन्धाधुन्द तरिकाले सिबिया कुद्छिन्। यसै क्रममा करिब १ महिना जति अगाडिको घटना हो, म र सिबियासँगै बाहिर हिड्न निस्किदा, उनी कुद्ने क्रममा बाटोमा बजारिन पुगिन्।

म हत्त न पत्त आत्तिदै उनलाई उठाउन पुगेँ र 'नानीलाई केही पनि भएको छैन हगि' भन्दै बाबु छोरी दुवै बाटोलाई पाआ भन्न सुरु गर्यौं। अपसोच! यसपटक उनी बेस्सरी नै बजारिएकी रहिछन्। घुँडा धसारिएर सानो घाउ पनि भएछ अनि रगत पनि आएछ। रगतदेखि उनी डराउलिन् की भनी मैले तुरुन्तै उनको घाउ भएको ठाउँमा ट्याप हातले समाते। अनि हुँदै नभएको मन्त्र जप्न सुरु गरेँ।

मन्त्र यस्तो थियो- 'छु मन्तरको वाचा, पुच्छर नभाको माछा, मेरो छोरीको घाउ, निको पारी जा।' मन्त्र जपेर भित्रैदेखि सास लिएर लामो फुकाइ गरेँ फू… फू…। मैले यो क्रम केही पटक दोहोर्‍याएँ र सोधेँ, 'नानीलाई सन्चो भयो?' त्यतिकैमा उनको रुवाइ बन्द भयो। सन्चो भएको सङ्केत दिँदै उनले टाउको हल्लाइन्। पुन: हाम्रो हिड्ने क्रम जारी भयो।

सोही घटनापश्चात् आज पनि उनी कहीँकतै लडेर सानो चोट मात्र लागे पनि या हाम्रो शरीरमा कतै केबल घाउको संज्ञा दिने छाला मात्र कोरिएको भए पनि उनको कोमल हातले ट्याप समाउँछिन्, मुख चुचो पर्छिन् अनि आफ्नो बलले सक्ने गरी लामो सास तान्छिन् र फू… फू… गर्छिन्। उनको त्यो 'बाल विश्वास' रुपी ओखती लगाउने प्रयास गर्छिन्।

अन्त्यमा,

यसरी छोरीलाई हुर्काउँदै जाने क्रममा उनलाई एउटा खुल्ला पुस्तकालयको रुपमा नियाल्दा जुन किसिमको विश्वास उनले लिएको पाएको छु, अवश्य नि समयक्रममा उनका त्यस्तै बाल विश्वासहरू टुट्दै जानेछन्। साथसाथै कल्पना गर्ने पनि गर्छु, उनको त्यस्तै किसिमको बाल विश्वासलाई जोगाइ राख्न पाए अनि अन्य थुप्रै ‘बाल विश्वास’ हरू थप्दै जान पाए उनी कति खुसी हुन्थिन् होला, जसरी अहिले रमाएकी छिन्।

अझ योभन्दा पनि माथि मलाई यो पनि लाग्छ 'संसार नै विश्वासमा अडिएको छ। यो संसार नै अडाउने विश्वास एउटा यस्तो चिज हो जसलाई न त आजसम्म कसैले देखेको छ, न त कसैले देखाउन सकेको छ। तर पनि हामी त्यही विश्वास देख्न र देखाउन हरपल प्रयासरत छौँ। त्यसैको लागि त होला कसम खाने थुप्रै नियमहरू बनेका। विद्याको कसम, आफ्ना नातागोताको कसम, तामा तुलसीको कसम आदि आदि।'

त्यही विश्वास देख्ने अनि देखाउने क्रममा नै मेरी छोरीले गुराँस-गुराँस, पाआ, फू… फू… जस्ता शब्दहरूको साहारा लिएकी होलिन्। उनको त्यही 'बाल विश्वास' रुपी शब्दहरूले नै लागेको खोकी, ठोकिँदाको दुखाइ, र सानो तिनो चोटपटक तुरुन्त निको भइदिएको होला अथवा भएजस्तो अनुभूत भएको होला।

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १५:४८
सिफारिस
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा!
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना!
प्रियसँग जामाचो यात्रा!
विश्वप्रकाश पोखरेल।
डिजिटल नेपाल र साइबर सुरक्षा: बढ्दो प्रविधिसँगै बढ्दै गएको जोखिम
ए टौदह!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP