Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
सोमबार, फागुन २५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

भूपू हाकिम!

Nmb
Nmb
यमुना अर्याल (काफ्ले)

यमुना अर्याल (काफ्ले)

असार २९
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

घटना १ :

कार्यालय सहयोगीको रूपमा कार्यरत एक जना दाइ धेरैपछि निकै गदगद भएको देखेँ। धेरैपछि ती दाइसँग भेट भएको थियो। दाइले छाती फुलाएर गफ दिँदै थिए -हिजोका सचिव, सिडिओ, हाकिम साबहरू पदमा हुँदा उहाँहरूको भाउ सानोतिनो कहाँ हुन्थ्यो र? हजार बिन्ती गरेर उहाँहरूको ढोका चहार्दा पनि काम हुँदैनथ्यो, उहाँहरूलाई हामी कर्मचारी भए पनि तल्लो तहको, सानो दर्जाको भएकै कारण भेट्ने हैसियत समेत हुँदैनथ्यो। तर उमेर, पद, पावर, पैसा भन्ने चिज सधैंभरी स्थिर कहाँ हुन्छ र? समयसँगै बदलिने त प्रकृतिको नियमै हो।

हिजो हजार पटक हाकिम साब म फलानो भनेर जिउ हजुर गर्दा एकपटक नजर समेत नदिने कथित उपल्लो तहका हाकिम साबहरू बेलाबेलामा पुरानो कार्यालयमा आउँछन्। मलाई बडो अचम्म लाग्छ, हाकिम साब म फलानो, यही अफिसको फलानो शाखामा काम गर्छु, मेरो यो समस्या थियो, केही निकास निस्केला त हजुर? जति बिन्ती गरे पनि वास्ता नगर्ने हाकिम साबहरुको व्यवहार अवकाश पाएपछि पूरै बदलिएको पाएँ। सायद समय सबैभन्दा बढी बलवान होला।

म आफ्नै सुरमा काम गरिरहेको थिएँ, को आयो भन्ने पनि थाहा थिएन, परैबाट मेरो नाम बोलाएको सुनेँ। काम छोडेर पुलुक्क हेरेको त भूपू हाकिम साब पो रहेछन्।

'ओहो.... के छ बाबु तिम्रो खबर? आराम छौ? घर परिवारमा सबै जना आरामै छन्? साँच्चि तिम्रो छोरा कहाँ पो काम गर्छ रे? छोरीको पनि बिहे गर्‍यौ क्यारे होइन?'
हाकिम साबको कुराले म एकैछिन त अवाक् नै परेँ।

पदमा हुन्जेल अफिसकै कर्मचारीको हैसियतले कतिपटक उहाँको कार्यकक्ष बाहिर पर्खेर बसेँ, कतिपटक उहाँलाई आफ्ना कुरा राख्न खोजेँ, सधैं पिएले फर्काउँथे। आफै जबर्जस्ती गरेर जान खोजे भने जुरूक्क उठेर केही नभनी हाकिम साब हिँड्थे। 

तर अहिले। उनको जागिर सकिएपछि मेरो छोरीको बिहे भएको समाचार समेत जानकारीमा राखेका रहेछन्। माने हाकिम साब तपाईंलाई मानेँ। 

Premier
Premier

मनमा जे भए पनि के गर्नु र? शालिन भएर जवाफ फर्काएँ, आफू सानो मान्छे अहम् गर्न आउँदैन। मलाई हाकिम जस्तै बन्नु पनि छैन।

'हो सर एउटा छोरा कोरिया गएको छ, अर्को कोरियन भाषा पढिरहेको छ, छोरीको पनि बिहे गरिदिएँ,' भनेँ।

Ncell
Ncell

उनले सायद वर्तमान हाकिमलाई कुरेका होलान्।

'सर बसौँ,' छेउमै भएको कुर्सी देखाएँ।

आज त भूपू हाकिम म बस्ने जस्तै कुर्सीमा बसे।

'तिमी त सधैं उस्तै छौ है बाबु?' निकै फुर्काए जस्तै गरी बोले।

हातमा सानो फाइल बोकेका थिए।

'चिया खाऊँ सर?' बिन्ती गरेँ।

'ल तिमीले भनिहाल्यौ, चिनी नराखेर है,' आफ्नो अर्डर फर्माइस गरे।

'हस् सर,'  कालो चिया चिनी बिनाको हाकिम साबलाई खुवाएँ।

बेचैन भए जस्तै गर्दै हातको घडी हेर्दै फेरि सोधे, 'हाकिम कतिखेर आउँछन् बाबु?' 

मनभित्र त यही बेला हो भनौँ जस्तो लागेको थियो तर मन बिस्तारै थामेँ।

'हाकिमको कहाँ कहाँ काम हुन्छ ? कहाँकहाँ जानुपर्छ ? मलाई के थाहा हुन्छ र ? कार्यालय सहयोगीको भूमिका मैले निर्वाह गर्ने हो त्यो भन्दा अर्थोक मलाई थाहा हुने कुरा पनि भएन। खै सर? केही भन्नु भएको छैन? मन्त्रालयतिर काम पर्‍यो कि! सधैं समयमै आउनुहुन्छ सर कहिलेकाहीँ मिटिङ पर्छन्, ढिलो आउनुहुन्छ।'

एकैछिनमा गेटबाट गार्डले सिठी बजाए, 'यहाँ गाडी हटाउनुपर्‍यो, अर्को गाडी निकाल्ने ठाउँ भएन।'

मैले उनै हाकिमलाई सोधेँ, 'सर हजुरको गाडी कहाँनेर पार्किङ गर्नुभएको छ? गार्ड दाइले अलि साईड लगाउने भन्दैछन्।' 

मेरो कुराले हाकिम साब केही नर्भस भएजस्तो गरेँ, 'ए बाबु म अहिले गाडी लिएर आउँछु त? गाडी त जागिरसँगै बुझाइहालेँ नि। म पब्लिक बसमा आएको हुँ।'

धन्य भगवान मेरो हाकिम साब पनि म जस्तै सार्वजनिक बस पो चढ्नै हैसियतमा पुगेछन्। हिजो पदमा हुँदा त भान्सा र शौचालय बाहेकका ठाउँमा त सरकारी गाडीको भरपुर दोहन गरेकै थियौ क्यारे। अफिसको गाडीबिना तरकारी किन्न समेत जान नसक्ने हाकिम्नी साबको दशा हेर.... मनमनै गम खाएँ। तिम्रो हाम्रो हैसियत बराबर भन्ने पनि लाग्यो।  

घटना २:

एक जना सवारी चालकको भोगाइ: 

मेरो छिमेकी अंकल सिंहदरबारका उच्च तहका कर्मचारी थिए। उनलाई लिन सधैं सरकारी गाडी घरमै आउँथ्यो। त्यो गाडीमा ती अंकल मात्रै चढ्थे। एकदिन सानो छोरा बिरामी पर्‍यो, अहिले जस्तो पठाओको चलन थिएन। भनेको बेलामा ट्याक्सी पाइएन, छिमेकी अंकलको गाडी सिंहदरबारसम्म जान्छ त्यसमै कंलकीसम्म जान्छु भनेर बिन्ती गरेँ। पदको उन्मादमा अंकललाई किन छिमेकी चाहिन्थ्यो र? काँचै खाउला जस्तै गरे। 

'के ठानेको बाबु, मेरो गाडी बिरामी बच्चा ओसार्ने एम्बुलेन्स हो र? मलाई हतार छ आफ्नो व्यवस्था गर।' 

आफ्नो व्यवस्था त उनले नभने पनि गर्थें नि तर सानो छोरा, सँगै घर भएका अंकल, उनको व्यक्तिगत गाडी थिएन आखिर म चढ्दा उनको पद गुम्ने पनि थिएन।

मनमा यति चोट पुग्यो, एउटा अपरिचित व्यक्तिको बाइकमा लिफ्ट मागेर बच्चालाई अस्पतालसम्म पुर्‍याएँ। ती अंकलको छिमेकी कोही कसैसँग राम्रो सम्बन्ध थिएन।

उनलाई सिर्फ आफ्नो औकात, पद र प्रतिष्ठा अनि आफ्नो परिवार बाहेक कोही चाहिँदैनथ्यो। मलाई त्यसो भनेको लगभग सात वर्षपछि जागिरबाट रिटायर्ड भए। म पनि सिंहदरबारमै गाडी चलाउन थालेको थिएँ। धेरै हाकिमहरूको संगत गरेँ, धेरै हाकिमहरूको आचरण, उनीहरूको व्यवहार, उनका परिवारका सदस्यको समेत बानी व्यहोरा नजिकबाट बुझ्ने मौका पाएँ। यो मेरो लागि ठूलो सिकाइ थियो। 

कुनैकुनै हाकिमहरू त आफ्नै बुवा जस्तै व्यवहार भएको पनि भेटाएँ। हरेक दिन खाना खाए नखाएको सोध्ने, घरपरिवारको बारेमा सोध्ने, घरमा कोही बिरामी परे भने हाकिम आफै अफिस जाने, मलाई परिवारको ख्याल गर भन्ने सम्मका पनि भेटाएँ तर कोही कोही त के कुरा गरौँ? सरकारी गाडी बिना आँगनमा पाइला समेत राख्न धौधौ पर्ने हाकिम साब अनि उनीहरूका परिवारका सदस्य पनि भेटेँ।

एकदिनको कुरा हो, म कालिमाटीमा गाडी रोकेर हाकिम साबलाई कुरेको थिएँ। हाकिम साबले एकैछिन काम छ भन्नु भएको थियो। म मोबाइल हेरेर गाडीभित्रै बसेको थिएँ।

बाहिरबाट गाडीको सिसा ट्वाक्क ट्वाक्क हानेको आवाज सुनेँ। यसो उठेर हेरेँ, अनि ढोका खोलेर हेरेँ।

'ए बाबु तिमी यहाँ छौ भनेर पर गएको मान्छे फर्केर आएँ, तिमीले मलाई चिनेनौ कि क्याहो? तिमी कलंकीको बाटो भएरै जाने होइन?' मलाई यसो भन्ने त उनै छिमेकी अंकल जसले मेरो सानो छोरा बिरामी पर्दा त्यत्रो बचन लगाएका थिएन उनै पो रहेछन्। 

'पदमा हुँदा तपाईंले चिन्नु भएन अंकल अहिले म पनि चिन्न छाडेँ,' मुख फोरेरै भनेँ।

लाज चपाएर उल्टै 'ए! बाबु पनि जोक गर्छ भन्या, खै तिम्रो हाकिम? मलाई पनि कलंकीसम्म छाडिदेऊ है।' 

'खै हाकिम साबलाई सोध्नुपर्छ, हाकिम साबको अन्त कतै जानुपर्ने हो कि! मैले कसरी हुन्छ भनौँ?' 

हाकिम आउन्जेल कुर्छु भनेर बाहिर उभिइरहे। 

एकैछिनमा एउटा सरकारी मोटरसाइकल आयो, रोकेर, आफ्नो परिचय दिई त्यो बाईकमा लिफ्ट मागेर गए।

कति वर्षपछि देख्दा पनि ऊ बेलामा आफूलाई लाएको चोटको पीडा बिर्सन सकिने रहेनछ। म मरेपछि पनि सरकारी गाडीमै आर्यघाट लैजानु भनेर तोक लाउलान् जस्तो थियो व्यवहार तर निश्चित समयपछि त त्यो सुविधा जाँदो रहेछ।

हिजो कोही नचाहिने आज तिनै छिमेकी चाहिने रहेछ। 

यी प्रतिनिधि पात्र मात्रै हुन्, तपाईं हामीले देखेका, चिनेका, भोगेका यस्ता पात्रहरू हाम्रो वरिपरि कति होलान्?

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १८:२१
सिफारिस
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
कालीगण्डकीमा बग्नबाट बचेको दिन!
भोटको मौसम, भरोसाको खडेरी!
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना!
मेरो एक भोटको दम!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP