रसियामा जारी जापान र बेल्जियमबीचको खेलमा जापानले तीन मिनेटभित्र दुई गोलको झट्का दिएको छ।
बेल्जियमलाई झट्का दिने क्रममा जापानले दोश्रो हाफको तीन मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो।
नकआउट प्रवेश गरेको एक मात्र एसियाली राष्ट्रका लागि जापानका हारागुचीले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए। जापानको सो गोलबाट उम्कन नपाउँदै जापानले बेल्जियमलाई ३ मिनेटमा नै अर्को झट्का दिएको छ। जापानका लागि ५१ औं मिनेटमा जापानका इनुले दोश्रो गोल गरेका हुन्।
जापानको दुई गोलले उसको क्वाटरफाइनल प्रवेशको सम्भावनालाई बढाएको छ।
एसियाली राष्ट्रसँग बेल्जियमले एकपक्षिय खेल खेल्ने अनुमान गरिएको छ। आज बेल्जियम जापानसँग हारेको खण्डामा जारी विश्वकपमा ठूला-ठूला टोली घर फर्किइरहेको सिलसिलामा बेल्जियमको पनि नाम थपिनेछ।
जापानले यहि नतिजा कायम गरेमा उसले क्वाटरफाइनलमा पाँच पटकको विश्वविजेता ब्राजिलसँग प्रतिष्पर्धा गर्नेछ।
ब्राजिलले केहि समय अगाडी भएको खेलमा मेक्सिकोलाई २ गोले स्तब्ध पारेको थियो।