रूकुम (पूर्व) को भूमे गाउँपालिकाबारे पर्यटकीय जानकारी दिने पुस्तक ‘भूमे दर्पण’ र तीन वटा वृत्तचित्र एकसाथ राजधानीमा सार्वजनिक भएको छ।
भूमे गाउँपालिकाद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले एकसाथ पुस्तक र वृत्तचित्र सार्वजनिक गरेका हुन्।
चेन्जिङ्ग नेपालका सुरेन्द्र रानाले लेखेको पुस्तक ‘भूमे दर्पण’ मा सिंगो गाउँपालिकाको प्राकृतिक सम्पदा, मगर संस्कृति र जीवनशैली सचित्र चित्रण गरिएको छ।
माओवादी जनयुद्वको उद्गमथलोसमेत मानिएको भूमे क्षेत्रका जनयुद्वसँग जोडिएका सम्पदालाई समेटेको छ।
रूकुम पूर्वस्थित ‘भूमे गाउँपालिकाको वृत्तचित्र तथा चिनारी’ नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै उनले रुकुम पूर्वको समृद्धिमा त्यहाँका जनप्रतिनिधिहरूसँग एउटै आवाजका साथ आफू पनि अघि बढ्ने आश्वासन समेत दिए।
सभामुख महराले रुकम पूर्वको विगतको गुरिल्ला युद्ध, संस्कृति र प्राकृतिक सम्पदालाई विश्वकै सम्पदाको रूपमा स्थापित गराउन सकिने सम्भावना पनि औंल्याए। तत्कालीन माओवादी जनयुद्धको सुरुवात भएको रुकुम जिल्लालाई गुरिल्ला युद्धको उद्गमस्थलको रूपमा लिने गरिन्छ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रुकुम पूर्वमा गुरिल्ला पर्यटन विकासका लागि सरकारले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।
उनले सो पर्यटनका लागि सरकारले यस वर्ष पनि बजेटको व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई बहुवर्षीय योजनाको रूपमा अघि बढाउने घोषणा पनि गरे।
कार्यक्रममा रुकुम पूर्वका जनप्रतिनिधिहरूले रुकुम पूर्वलाई गुरिल्ला पर्यटनको रूपमा विकास गर्न सरकारसँग माग गरेका थिए।
‘भूमे गाउँपालिका युद्व पर्यटन अध्ययन केन्द्र मात्रै होइन’, पर्यटनविज्ञ राना भन्छन्, ‘प्राकृतिक र साँस्कृतिक सौन्दर्यको स्वाद चाख्न चाहनेका लागि समेत भूमे सुन्दर गन्तव्य हो।’
कार्यक्रममा तिनै रानाले निर्देशन गरेको ‘हाम्रो भूमे हाम्रो संस्कृति’ र कुमार चौलागाईंले निर्देशन गरेको ‘भूमेको भूगोल’ एवं ‘गुरिल्ला पर्यटन’ वृतचित्र सार्बजनिक गरियो। ‘पुस्तक र वृत्तचित्रले भूमेको प्रवर्द्धनमा गर्न टेवा पुग्नेछ’, गाउँपालिकाका अध्यक्ष रामसुर बुढा भन्छन्, ‘हामी भूमेलाई पर्यटकीय गाउँपालिका बनाउन चाहन्छौं।’
गाउँपालिकाले पर्यटनबाट समृद्धिका पाइला चाल्न पुस्तक र वृतचित्र निर्माण गरेको हो। सोमबारदेखि नै पर्यटन बोर्डको आँगनमा भूमेका तस्बिर प्रदर्शनी सुरु भएको छ। त्यसमा ज्योति केशरसिंह, अमृत भादगाउँले, आरके अदिप्त गिरी र सुरेन्द्र रानाले खिचेका ३४ वटा तस्बिर छन्। प्रदर्शनी बुधबारसम्म चल्नेछ।
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-20.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-19.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-18.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-17.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-15.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-14.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-13.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-12.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-11.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-10.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-9.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-8.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-7.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-6.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-5.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-4.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-3.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-2.jpg)
![](http://icc.setopati.com/wp-content/uploads/2018/08/Bhume-1.jpg)