उस्तै उस्तै हुन्
उनीहरू दुवै
कैयौँ पटक कर्म गर्छन्
तर
पहिलो पटक हो भन्छन्।
झुट बोलेको कसम खान्छन्
र
ढाँट्छन्।
गर्दिन भन्छन्
तर
गरिरहन्छन्।
माया गर्छु भन्छन्
र
आफ्नो वृत्ति बुझेर
छोडेर जान्छन्।
कुनै निश्चित
दर हुँदैन उनीहरूको
ठग्न सकेसम्म ठग्छन्
झार्न सकेसम्म झार्छन्।
तर एउटा
एउटा धर्म हुन्छ
नगरबधूमा
एउटा ग्राहकको पोल
खोल्दिनन् अर्को सहवासीसँग
तर
नेता त छरप्रष्ट हुन्छन्
सहकार्य तोडिएको
अर्को दिन।