दशैं समापनको संघारमा छ भने तिहार नजिकै छ। चाडपर्वको हर्षोल्लासमा प्रकृतिको खुलेको सुन्दरताले छुट्टै आनन्द दिनेगर्छ।
आकाशहरू सफा भएर गाढा निलो भएका छन् भने उत्तरका हिमालहरू अझै राम्रै गरी खुलेको छन्।
यसमा पोखरा सबैको रोजाइमा रहँदै आएको छ। यसको आसपासका क्षेत्रमा खुलेको मौसममा जता जाँदापनि प्रकृतिले आनन्दित तुल्याउँछ।
अहिले स्वदेशी तथा विदेशी पर्यटकका लागि कास्कीको पोखरा, आसपासका क्षेत्र र ती क्षेत्र हुँदै गइने मार्दी हिमाल, अन्नपूर्ण बेस क्याम्प पर्यटकको पर्खाइमा छन्।
कोरोना कहरका कारण घुमाघाम इतिहासकै न्यून बिन्दुमा छ। यस्तोमा पनि यी सुन्दर क्षेत्रहरूले आफ्नो सुन्दरतामा कुनै कमी गरेका छैनन्।
कोरोना कहर सकिएपछि प्रकृतिका पारखी त्यहाँ पुग्ने नै छन्।
समय सामान्य भएपछि प्रकृतिप्रेमीले यसको मज्जा लिने नै छन् तर अहिलेलाई तस्बीरबाटै यसको सौन्दर्य नियालौं।
हेर्नुस् पोखरा-१९ को लामाचौरबाट खिचिएका मनै लोभ्याउने तस्बीरहरूः
![](https://www.setopati.com/uploads/editor/122970685_2165733000230337_1385981519134778541_n.jpg)
![](https://www.setopati.com/uploads/editor/123002572_2740879209460639_5550508473807359924_n.jpg)
![](https://www.setopati.com/uploads/editor/122689685_1310121402654914_6271404461527727106_n.jpg)
![](https://www.setopati.com/uploads/editor/122833535_437092390607753_4920011550574062975_n.jpg)
![](https://www.setopati.com/uploads/editor/123134012_384407746303003_5659283801911529379_n.jpg)
![](https://www.setopati.com/uploads/editor/123061216_635893863956450_3375838126861925567_n.jpg)
![](https://www.setopati.com/uploads/editor/122972117_426676548322901_3263822151874723394_n.jpg)
![](https://www.setopati.com/uploads/editor/122867679_408612050157392_5805842737821020588_n.jpg)
![](https://www.setopati.com/uploads/editor/123041619_1219695875090512_2857591518368546042_n.jpg)
(सबै तस्बीरहरू फोटो पत्रकार श्रीधर पौडेलले मोबाइलबाट कैद गरेका हुन्।)