शेष घले नेतृत्वको उच्चस्तरीय समितिले एनआरएनएको महाधिवेशनका लागि प्रक्रिया अघि बढेको जनाएको छ।
मे ३ देखि ५ सम्मको लागि तय भएको महाधिवेशन रोक्नको लागि सर्वोच्च अदालतमा परेको रिट परेको थियो। तर शुक्रबार पनि हेर्न नमिल्ने भएसँगै शनिबारदेखि हुने महाधिवेशनका लागि बाधा नपुग्ने उच्चस्तरीय समितिको बुझाइ छ।
एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले आफुहरुले आज मात्रै परराष्ट्रमन्त्री आरजु राणा देउवालाई एकता महाधिवेशनको निम्तो दिएको बताए। उनीहरुले यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलालई निम्तो दिइसकेका छन्।
'अदालती प्रक्रियाका कारण अलमल भए पनि हामीले आफ्नो तयारी गरिरहेका थियौं। शनिबार अधिवेशनको उद्घाटन हुन्छ भने आइतबारदेखि नेतृत्व चयनको प्रक्रिया सुरु हुन्छ,' उनले भने,'हामीले सकेसम्म सर्वसम्मतिकै आधारमा नेतृत्व चयन गर्नुपर्छ। गैरआवासीय नेपाली संघलाई दुईवटा बनाउन दिन हुदैन। एउटै संस्था बनाउन हाम्रो प्रयास जारी रहन्छ।'