महेश श्रेष्ठ नेतृत्वको एनआरएनए टोलीले परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेट गरेको छ।
मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा एनआरएनए कानुन र आफ्ना मागहरूबारे कुरा भएको अध्यक्ष श्रेष्ठले बताए।
'हामीलाई परराष्ट्र मन्त्रीले समय दिनुभयो। हामीले हाम्रा कुराहरू राख्यौं। गैरआवासीय नेपालीका समस्याबारे कुरा गर्यौं,' उनले भने, 'नेपालमा लगानी, एनआरएन नागरिकता लगायत विषयमा कुराकानी भयो। हाम्रा मागलाई मन्त्रीज्यूले सकारात्मक ढंगले लिनुभएको छ।'
उक्त भेटमा परराष्ट्र सचिव अमृत बहादुर राई लगायत मन्त्रालयका सहसचिव, कानुन शाखाका उपसचिवहरूको उपस्थिति थियो।