गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी महाधिवेशनका लागि सदस्यता वितरण अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्धारण गरेको 'मेम्बरसिप म्यानेजमेन्ट सिस्टम'मार्फत मात्रै हुनुपर्ने स्पष्ट पारेको छ।
आगामी अक्टोबरमा हुने महाधिवेशनका लागि सदस्यता वितरण संघको विधानको अनुसूची ८(ख) अनुसार परिषदको सिस्टमबाट हुनुपर्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेको हो।
उक्त प्रणालीमार्फत सदस्यता वितरण भएका सदस्यहरूले मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा मतदान गर्न पाउने एनआरएनएले जनाएको छ।
उम्मेदवार बन्ने वैधानिक अधिकार प्राप्त गर्न पनि सोही प्रणालीमार्फत सदस्यता लिएको हुनुपर्ने उल्लेख छ।
