गैरआवासीय नेपाली संघ (एनआरएनए) चेक गणतन्त्रको अध्यक्षमा छविलाल कँडेल निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिका संयोजक उत्तम कुमार आचार्यका अनुसार आइतबार सम्पन्न संघको ८ औं महाधिवेशनले कँडेलको अध्यक्षतामा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
गैरआवासीय नेपाली संघका यूरोप संयोजक चिरन्जीवी खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले वरिष्ठ उपाध्यक्षमा अनिल लामा, उपाध्यक्षहरूमा पार्वती ढुंगाना, कैलाश महतो, रमेश महत, महिला उपाध्यक्षमा सुस्मिता रायमाझी, युवा उपाध्यक्षमा त्रिलोकसिंह धामी, महासचिवमा विनोद रिमाल, सचिवहरूमा सुमन थापा, समिर अधिकारी, जयन्द्र गुरुङ, महिला सचिवमा शिरिशा आचार्य, शोभा तिवारी कार्की, युवा संयोजकमा किशोर श्रेष्ठ, युवा सहसंयोजकमा रामबहादुर रायमाझी, महिला संयोजकमा रन्जना चौधरी, महिला सहसंयोजकमा संगिता खत्री, कोषाध्यक्षमा केशवराज धिताल र सहकोषाध्यक्षमा रिसीराम गिरीलाई चयन गरेको छ।
यस्तै, कार्यसमिति सदस्यमा ज्ञानेश्वर अर्याल, घनश्याम पाण्डे र दिनेश थापा निर्विरोध निर्वाचित भएका छन्।
संघको केन्द्रीय (आइसिसी) सदस्यमा डा. गिरिस कँडेल निर्विरोध निर्वाचित भएका छन्।
यसअघि संघले उत्तम कुमार आचार्यको संयोजकत्वमा छत्रबहादुर अधिकारी, अर्जुन सापकोटा, रविन घिमिरे र डा. यदुराम पन्थि सदस्य रहेको एक निर्वाचन समिति गठन गरेको थियो।