गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङ अन्तर्गतको युथ फोरमले एचकेआरसीबीटीएस हङकङको आयोजनामा 'रक्तदान गरौं, जीवन बचाऔं' भन्ने नारासहित नेपाली नयाँ वर्ष २०८३ विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा करिब ४० जनाले रक्तदान गरेका आयोजकले जनाएको छ।
सामाजिक सेवामार्फत मानव जीवन बचाउन योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा एनसीसी हङकङका अध्यक्ष अनु राई, उपाध्यक्ष कविता गुरुङ, यूव संयोजक मनोज गौतम, हङकङ जिल्ला परिषद सदस्य अरुणा गुरुङ,हङकङ नेपाली महासंघकी तत्कालीन अध्यक्ष रिता गुरुङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहित नेपाली समुदायको सहभागिता रहेको थियो।
कार्यक्रममा एनआरएनए आइसिसीकी उपाध्यक्ष राधिका गुरुङ(टीका)ले रक्तदान कार्यक्रमले सामाजिक सेवाको भावना बढ्ने र स्वास्थ्यका लागि पनि फाइदा पुग्ने बताइन्।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।