नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालि ‘एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६’ अन्तर्गत ‘एआई इन साइबर सेक्युरिटी’ अवार्डबाट सम्मानित भएको छ।
इन्डोनेसियाको जकार्तामा आयोजित कार्यक्रममा साइबर सुरक्षा परीक्षण, निगरानी तथा प्रणाली सुदृढीकरणमा कृत्रिम बुद्धिमत्ताको प्रभावकारी प्रयोग गरेबापत कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
अक्टोबर ७ मा आयोजित ‘अवार्डी शोकेस’ कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुमन के. शर्माले कम्पनीको यात्रा, उपलब्धि र साइबर सुरक्षा दृष्टिकोण प्रस्तुत गरेका थिए।
सन् २०११ मा स्थापना भएको इन्साइट टेक्नोलोजीले विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना प्रविधि र साइबर सुरक्षा सम्बन्धी सेवा प्रदान गर्दै आएको छ। कम्पनीले अहिले सयौँ संस्थालाई सेवा दिँदै आएको जनाएको छ।
शर्माले यो सम्मान कम्पनीका इन्जिनियर, विश्लेषक र ग्राहकहरूको उपलब्धि भएको बताए।
उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित भएको पनि उल्लेख गरे।