बैतडीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ।
सिगास गाउँपालिका वडा नम्बर ९ सगीनाडमा बिहीबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा कञ्चनपुरका करिब २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार चौधरी आफैँले उक्त मोटरसाइकल चलाएका थिए।
उनको घटनास्थलमै मृत्यु भएको थियो।
मोटरसाइकल अनियन्त्रित हुनुको कारण खुलेको छैन। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।