नेपाली बजारमा बजाजका मोटरसाइकलले विशेष स्थान ओगटेको छ। नेपालमा बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हो।
कम्पनीले सन् २०२१ मा पटक-पटक मूल्य वृद्धि गर्यो। यस्तैमा, आज हामीले हाल बजारमा उपलब्ध बजाजका विभिन्न मोडलको अहिलेको मूल्य सूची तयार पारेका छौं।
नेपालमा बजाजको १०० सिसीदेखि ४०० सिसीसम्मका बाइकहरू बिक्री गर्दैछ।
बजाजको पल्सर र डोमिनार बाइक विशेषत युवा पुस्तामाझ लोकप्रिय देखिन्छ। पल्सर बाइकहरू २ लाख ४४ हजार ९ सय रुपैयाँदेखि ३ लाख ९३ हजार ९ सय रुपैयाँमा उपलब्ध छ। त्यस्तै, डोमिनारको बजार मूल्य ५ लाख १८ हजार ९ सय रुपैयाँदेखि ५ लाख ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ।
बजाज बाइकको विभिन्न मोडलको नयाँ मूल्य सूची यस प्रकारको छः
मोडल
|
क्षमता
|
मूल्य
|
प्लाटिना १०० इएस
|
१०२ सिसी
|
१,८९,९००
|
डिस्कभर १२५ ड्रम
|
१२५ सिसी
|
२,००,९००
|
डिस्कभर १२५ डिस्क
|
१२५ सिसी
|
२,१४,९००
|
डिस्कभर १२५ एसटी
|
१२५ सिसी
|
२,२५,९००
|
पल्सर १२५ डिस्क
|
१२५ सिसी
|
२,४४,९००
|
पल्सर १५० एसडी
|
१५० सिसी
|
२,७५,९००
|
पल्सर १५० टिडी
|
१५० सिसी
|
२,९०,९००
|
पल्सर १६० एनएस टिडी एबिएस
|
१६० सिसी
|
३,१९,९००
|
पल्सर २२० एफ एबिएस
|
२२० सिसी
|
३,६१,९००
|
पल्सर २०० एनएस एबिएस
|
२०० सिसी
|
३,६७,९००
|
पल्सर २०० एनएस एफआई एबिएस
|
२०० सिसी
|
३,९३,९००
|
एभेन्जर १६० स्ट्रिट एबिएस
|
१६० सिसी
|
३,४५,९००
|
एभेन्जर २२० क्रुस
|
२२० सिसी
|
३,६६,९००
|
डोमिनार २५० एबिएस
|
२५० सिसी
|
५,१८,९००
|
डोमिनार ४०० एबिएस
|
४०० सिसी
|
५,९८,९००
|