नेपालका लागि वुलिङ मोटर्सका आधिकारीक वितरक प्यारामाउन्ट मोटर्सले वुलिङ एक्सिओन इभी नेपाल भित्र्याउँदै छ।
विश्वविख्यात अटोमोबाइल साझेदारी (जसमा जनरल मोटर्स पनि आबद्ध छ) द्वारा निर्मित यो गाडी नेपाली इभी बजारमा नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक हुनेछ।
नेपालको इलेक्ट्रिक गाडी बजारमा पछिल्लो समय उत्साहजनक लहर छ।
तर, ठूलो परिवार भएका वा लामो दूरीको यात्रा गर्न रुचाउने नेपाली ग्राहकका लागि बजारमा सीमित विकल्प मात्र उपलब्ध छन् कि त साना ५-सिटर क्रसओभरमा चित्त बुझाउनुपर्ने, कि त करोडौँ पर्ने महँगो लक्जरी एसयुभी किन्नुपर्ने।
वुलिङ एक्सिओन इभी किन सबैभन्दा उत्कृष्ट विकल्प बन्न सक्छ?
यसका ५ मुख्य कारणहरू तल उल्लेख गरिएका छन्:
१. कम्फर्टेबल ५-सिटर: आवश्यकता अनुसार ७-सिटरमा सहजै परिवर्तन गर्न मिल्ने
वुलिङ एक्सिओन ले नेपाली ग्राहकलाई आवश्यकता अनुसार सिट संख्या मिलाउने गज्जबको विकल्प दिन्छ।
यस गाडीको तेस्रो लहरमा रहेको २ वटा फोल्दिङ सिटहरु लाई आवस्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ।
यदि धेरैजसो समय ५ जना मात्र यात्रा गर्नुछ भने, तेस्रो लहर का सिटहरूलाई पूर्ण रूपमा फ्ल्याट-फोल्ड गर्न सकिनेछ।
यसो गर्दा यो गाडी ५-सिटर एसयुभी बन्छ र पछाडि सामान राख्न ५४० लिटर बुट स्पेस उपलब्ध हुन्छ।
साथै चाडपर्व वा लामो यात्रामा थप सदस्यहरूसँगै हुँदा फोल्ड गरिएका सिटहरूलाई सीधा बनाएर सेकेन्डभरमै ७-सिटर बनाउन सकिन्छ। यसको २,८१० एमएम ह्विलबेसका कारण पछाडिको सिटमा पनि बस्न निकै आरामदायी छ।
त्यसैगरी धेरै सामान ओसार्नु परेमा दोस्रो र तेस्रो दुवै लहरका सिटहरू फोल्ड गरेर यसलाई विशाल २,९१६ लिटर स्पेस गरी सामान ढुवानी गर्ने गाडीको रूपमा समेत प्रयोग गर्न सकिन्छ।
२. ५३० किमीको रेन्ज र फास्ट चार्जिङ
नेपालका राजमार्गहरूमा यात्रा गर्दा ब्याट्री रित्तिने डरलाई यसले पूर्ण रूपमा हटाउँछ। यसमा ६९.२ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री छ, जसले सिंगल चार्जमा ५३० किमी (सिएलटिसी) सम्मको रेन्ज दिन्छ।
काठमाडौंबाट पोखरा वा भैरहवाको यात्रा बीचमा कतै नरोकी एकै पटकमा सहजै तय गर्न सकिन्छ।
यदि बाटोमा चार्ज गर्नु परिहाले पनि यसको एड्भान्स्ड चार्जिङ प्रविधिले मात्र २० मिनेटमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म फास्ट चार्ज गरिदिन्छ।
३. नेपालका सडक सुहाउँदो बलियो बनावट
नेपालका पहाडी बाटो र खाल्टाखुल्टी भएका सडकका लागि यो एसयुभी निकै मजबुट र सुरक्षित छ।
यसको बडी संरचनामा ७४.९प्रतिशत उच्च-शक्तियुक्त स्टील र मुख्य पिलरहरूमा १,५०० एमपिएको एरोस्पेस-ग्रेड स्टिल प्रयोग गरिएको छ।
यसको २.०एलएफपी ब्याट्रीले कठओर अग्नी र पंक्चर परीक्षणहरू पास गरेको छ।
धेरैजसो बजेट इभीमा कडा सस्पेन्सन हुन्छ, तर यसमा मल्टि-लिंक रियर सस्पेन्सन भएकाले कच्ची बाटोमा पनि यात्रा निकै आरामदायी र हलुका हुन्छ।
४. उकालोका लागि दमदार पावर र टर्क
पहाडी सडकमा गुड्ने एसयुभीमा बदी पावर र टर्क हुन जरुरी छ।
एक्सिओनमा १५० किलोवाट (करिब २०१ एचपी) को मोटर र ३१० एनएमको इन्स्ट्यान्ट टर्क उपलब्ध छ।
यसले गर्दा गाडीमा ७ जना यात्रु र सामान पूर्ण रूपमा लोड हुँदा पनि नेपालका ठाडा उकालाहरूमा गाडीले विनाकुनै कठिनाइ रफ्तार समात्छ।
५. डिजिटल र सुरक्षित प्रविधि
काठमाडौँको बाक्लो ट्राफिक र साँघुरा गल्लीहरूमा चलाउन सजिलो होस् भनेर यसमा अत्याधुनिक एड्भान्स्ड ड्राइभर एसेसटेन्स सिस्टम (एडिएएएस) दिइएको छ।
यसमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र एडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा सुविधाहरू छन्।
सबैभन्दा उपयोगी फिचर भनेको यसको ३६०-डिग्री क्यामेरा र ट्रान्सपेरन्ट चेसिस हो। यसले गाडी गुडिरहेको बेला गाडीमुनिको भुइँ वा ढुङ्गा-खाल्टा कस्ता छन् भन्ने कुरा भित्र स्क्रिनमै स्पष्ट देखाइदिन्छ।
यो गाडीलाई नजिकबाट नियाल्न र यसको फिचर्स बुझ्न धेरै पर्खिनु पर्ने छैन।
प्यारामाउन्ट मोटर्सले वुलिङ एक्सिओन का साथै वुलिङका अरु पनि नयाँ गाडीहरु वुलिङ मिनी इभी, वुलिङ डेरियन एमपिभी र वुलिङ बिङ्गो इभी आगामी नाइमा मोबिलिटी एक्सपो २०२६ मा प्रदर्शनका लागि उपलब्ध गराउने भएको छ।
गाडीको लुक, इन्टेरियर र स्पेस आफैँ अनुभव गर्न एउटा उत्कृष्ट अवसर हुनेछ। प्यारामाउन्ट मोटर्सको देश भर रहेका सोरूम र सर्विस सेन्टरले गर्दा वुलिङ एक राम्रो छनौट हुन सक्ने कम्पनीको भनाइ छ।