बाढीले अवरोध पुगेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारी साधनको आवागमन सुरू गरिएको हो।
राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
लेदो पन्छाउने तथा सडक खुलाउने कार्यसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको उल्लेख छ।