भारतको चर्चित ब्रान्ड जेलियोले नेपालमा पनि आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेको छ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै जेलियो इभी स्कुटरको नयाँ मोडल लन्च तथा आधिकारिक सोरुमको औपचारिक उद्घाटन गरिएको हो।
नेपालको विद्युतीय सवारीसाधन बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै भारतीय विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड जेलियोले किफायती तथा वातावरणमैत्री व्यक्तिगत यातायातको नयाँ विकल्प प्रस्तुत गरेको छ।
ब्रान्डले ग्राहकको दैनिक आवागमनलाई सहज, किफायती र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न मोडलका इलेक्ट्रिक स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
जेलियो इभी स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधाहरू जस्ता विशेषताहरू उपलब्ध मोडल अनुसार समावेश गरिएका छन्।