ग्राहकलाई स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंकले ह्याम्स अस्पतालसँग सहकार्य गरेको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्सका अध्यक्ष आर.एस भण्डारीबीच स्वास्थ्य उपचारमा सहुलियत दिने सम्वन्धमा सम्झौता भएको छ।
सम्झौता अनुसार अस्पतालको स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ग्राहकले छुट पाउने छन्।
हालसम्म बैंकका देशभर ९३ शाखा सञ्जाल, ८७ एटिएम तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ।