काठमाडौंको चहलपहलबाट अलिकति मात्र टाढा — ललितपुर, भैंसेपाटीको सिर्जनानगरको छेउ, हरियालीले ढाकिएको एउटा शान्त कुना छ।
त्यहाँ पुग्ने बित्तिकै फरक अनुभूति हुन्छ।
हरियाली, हावामा मिसिएको माटोको गन्ध, थरीथरी फूलको नर्सरी अनि शान्त वातावरण — यी सबैबीच उभिएकी छिन् चेली गुरूङ।
उनी व्यवसायी हुन्। यसभन्दा बढी प्रकृति, संस्कृति र आत्मिक शान्तिलाई एकै ठाउँमा गाँस्ने अभ्यासकर्ता हुन्।
चेलीले आफ्नो नर्सरीको नाम 'आशिमाला प्लान्ट्स' राखेकी छन् जसको भाव हुन्छ आशिष र शुभकामना। यहीँ बोटबिरूवासँगै उनको 'चेलीको चिया चमेना' छ।
'दाइ, भाउजू र परिवारका अरू सदस्यको सहयोगले सुरू गरेकी हुँ,' चेलीले भनिन्, 'यहाँ प्रकृतिसँग रमाउँदै, बोटबिरूवाबीच बस्दै, चिया पिउँदै आत्माको शान्ति अनुभूति गर्न सकिन्छ।'
यो व्यवसाय सुरू गर्नुअघि चेली सामाजिक क्षेत्रमा सक्रिय थिइन्। करिब एक दशक उनले लैंगिक समानता र द्वन्द्व व्यवस्थापनमा काम गरिन्।
'मानिसको जीवन, संघर्ष र मनोविज्ञानसँग नजिकबाट काम गर्दा मैले आफैलाई सोधेँ — मेरो मनलाई शान्ति केले दिन्छ,' चेलीले भनिन्, 'यही प्रश्नको उत्तर खोज्दै गर्दा प्रकृतितर्फ फर्किने निर्णय गरेँ।'
उनी बोटबिरूवा हुर्काउन, हेरचाह गर्न थालिन्। यो सबै प्रक्रियाले उनलाई नयाँ ऊर्जा दिन थाल्यो। उनले नर्सरी सुरू गरिन्।
पछि उनले प्रकृतिसँगै स्वाद र संस्कृति पनि जोड्ने विचार गरिन्। त्यसैले आफ्नै समुदायको रैथाने परिकारलाई प्राथमिकता दिएर खोलिन् चेलीको चिया।
यहाँ खासगरी कोँइपा (चामलको जाँड), नारेपा (कोदोको रक्सी), अनि घिउमा पकाइएको सेलरोटी पाइन्छ। अर्गानिक तरकारी र आफ्नै उत्पादनलाई प्राथमिकता दिएको उनले बताइन्।
चेलीको यो सोच व्यापारमा मात्र नभई एक सामाजिक अभियान जस्तो पनि छ। त्यसैले उनले स्थानीय दिदीबहिनीले बुनेका ढाका, बाँसका सामग्री, चकटीजस्ता उत्पादन पनि राखेकी छिन्।
'आशिमालालाई समुदायसँग जोड्ने साझा प्लेटफर्म बनाउने योजना छ,' चेलीले भनिन्, 'विद्यार्थीहरू यहाँ आएर कृषिकर्म सिकून्। प्रकृतिसँग नजिक होऊन् र आफ्नै सीप विकास गरून्।'
उनले थपिन्, 'ओहो, यसरी पनि गर्न सकिँदो रहेछ भन्ने अनुभूति दिलाउने एउटा जीवित कक्षा बनाउने सपना छ।'
-1776613985.jpg)
-1776613986.jpg)
-1776613988.jpg)
-1776613987.jpg)
-1776613988.jpg)
-1776613988.jpg)
-1776613988.jpg)
-1776613988.jpg)
-1776613987.jpg)
-1776613987.jpg)
-1776613987.jpg)
-1776613987.jpg)
-1776613987.jpg)
-1776613986.jpg)
-1776613986.jpg)
-1776613986.jpg)
-1776613986.jpg)
-1776613986.jpg)
-1776613985.jpg)
-1776613985.jpg)