आश्विन २६ मेरो प्यारो दाइको जन्मदिन
परिवारमा आयो खुसी र उमंगको क्षण
दाइलाई शुभ जन्मदिनको शुभकामना
सुख समृद्धि तथा सुस्वास्थ्यको कामना।
मेरो प्यारो दाइलाई जन्मदिनको सु–अवसरमा शुभकामना
सधैँभरि मिलिरहोस् दाजुभाइको विश्वास र भावना
दाइलाई उत्तरोत्तर प्रगतिको कामना
सक्षम हुनु गर्न आइपर्ने समस्याको सामना।
प्यारो दाइलाई सधैँभरि माया र सम्मान
हजुरको जीवनमा बढिरहोस् खुसी र मान
मेरो जीवनको दाइ हुनुहुन्छ विशेष साथी
मेरो दाइ रहिरहनुहोस् सधैँ उच्च र माथि।
दाइ हजुरलाई जन्मदिनको मुरी-मुरी शुभकामना
दाजुभाइको सम्बन्ध उदाहरणीय रहिरहोस् यो विश्वमा।
(प्रस्ताव घिमिरे माछापुच्छ्रे आइबी वर्ल्ड स्कुल कुसुन्ती १३, ललितपुरको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।)