पल्लाघरेको घरमा दसैँ आयो,
उसले खसी किनेर दसैँ मनाए
ओल्लाघरेको घरमा दसैँ आयो,
उसले खसी बेचेर दसैँ मनाए
तर आइतेको घरमा पनि दसैँ आयो,
खर्चले आफैँ खसी पर्दै, टाउको कनाए!
पल्लाघरेले यसपालि युरोप घुमे
दस बिस लाखको खोलो बगाए
ओल्लाघरेले यसपालि आँट गरे
पुरै जहानलाई धोती पाटा मगाए
तर आइतेले छानो फेर्न ऋण मागे
जिम्वाल बाले पोहोरकै तमसुक थमाए!
पल्लाघरे स्वदेश फिर्ती सवार भए
भोज भतेरमा राजर्षि ठाँट जगाए
ओल्लाघरेले जहान भेला पारे
तिरन तारनको हिसाब थमाए
तर आइतेको घरमा दसैँ आयो गयो
खुसी र रहरको पोको सँगै भगाए!
हईबरै...