Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, असोज ८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

हली

हेमन्त विवश

जारी ! बुझ्न आएको पुरानो लोग्नेझैँ

हिजो मात्रै हो

साहुले एकाबिहानै आएर थर्काएको बाटुलीलाई

आज त जुनसुकै मूल्य चुकाएर भएपनि पुग्नु छ खेतमा

अनि बाध्य भएर जोगाउनु छ

पुस्तौ अघि भिराइएको उपाधी

अझै हेर्नु छ पानी मुनिको जून र किनकि

झुप्रो ठडिएको जमिन पनि त साहुकै नाममा छ

 

निभ्दै गरेका कोइलालाई

ढाक्दै गरेको तातो खरानीलेझैँ

ढाकिरहेछ साहुको ऋणले

गरिबी जिन्दगीको पीडा बनेर

 

जसोतसो बिहानैदेखि जोतिरहेछ दुखेको मनलाई

खोला किनारको खेतको गरासँगै

भोको पेटमा पटुका बाँधेर

सुनौलो बिहानीको आशमा

बोक्दै छे दुई जीउकी बाटुलीले मलको डोको

र खन्याउदै छे खेतका गरामा

 

विज्ञापनिक विश्रामको बेला

समाचार वाचकले फेर्छ जसरी लामो सास

हल्लाउँछ घाटी, तन्काउँछ जीउ

त्यस्तै गरी तन्काउँछन् तारे र मालेले जीउ

ओग्राइरहन्छन् परालको त्यान्द्रो चपाउँदै

जब ऊ उडाउँछ तमाखुको धुवा

गराको डिलमा बसेर

 

घाम नअस्ताउँदै फुकाल्छ हलो र पुग्छ घट्टको दैलोमा

बिहानै राखेको साहुको गहुँको भारी पिस्नलाई

भीडभित्रै पनि पल्लो किनाराको बनाइएको ऊ

कतै कुनामा देखिएको एक धुमिल छायाँ

अन्त्यमा मात्रै आउँछ उसको पालो

 

रूखका बोक्राझैं कोदाका रोटी

तताउँदै चपाइ रहेछन् एकान्तमा

जुन त्यो दिनको बक्सिस हो साहुबाट पाइएको

हेर्न पनि हुन्न उसले साहुको घरको गोरस

रिसाउँछन् साहुका देवता बिग्रिन्छ भैंसी

किनकि

ऊ पानी नचल्ने जातको मान्छे

ऊ हली

 

खोला किनारको शीत पिएका दाउरा

फ्याँक्दैछन् धुवा घट्टको अँगेनाबाट

सुकुम्बासी बस्तीमा आगो लाग्दाकोझैँ

निस्किरहेछ मुस्लो

पालै पालो मिच्दैछन् दुबैले आँखा

मानौ आज आँसु झार्न सजिलो बाहाना मिलेको छ दुबैलाई

 

घुमिरहेछ घट्ट

पिसिदैछन् एकनासले गहुँका दाना

मुटु फुट्लाझैं गरी चलिरहेछ स्याँठ

छानामा उछिट्टिएको खरको बीचबाट

देखिन्छन् स्वर्गका दुई चारवटा ताराहरू

छेवैमा आएर टिल्पिलाउँछन् जुनकिरी

जसरी टिल्पिलाउँछ सूर्यको पहिलो किरणमा शीत

कलिलो बिहानको निधारभरि

 

झ्यालको खापा नजिकै देखिने

निउरोको टुप्पोमा झुण्डिएको शीतको थोपाझैँ

झुण्डिरहेको जिन्दगी

अँगेना छेउमा अढेश लगाउँदै

बाटुलीको गुन्यूको एक पाटो ओढेर

हेरिरहन्छ उसका आँखामा

छाइरहन्छ एकछिन सन्नाटा

क्षणभरको मौनतालाई भङ्ग पार्दै

ऊ भनिरहेछ ः

बुढी हामीले त गुन्यू ओढ्यौँ

गरिब के ओढ्लान् ?
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०८:२३
सिफारिस
अर्थमन्त्रीलाई इमेल लेखेपछि तत्काल समाधान भएका ३ काम
अर्थमन्त्रीलाई इमेल लेखेपछि तत्काल समाधान भएका ३ काम
जंगी अड्डामा जेन–जीका एक युवाले प्रधान सेनापतिलाई सोधे– तपाईंले कू गर्न खोज्नुभएको हो?
जंगी अड्डामा जेन–जीका एक युवाले प्रधान सेनापतिलाई सोधे– तपाईंले कू गर्न खोज्नुभएको हो?
अपहरणपछि हत्या गरिएका अभिषेककी आमाको 'इमो' मा आएको थियो फिरौतीको मेसेज
अपहरणपछि हत्या गरिएका अभिषेककी आमाको 'इमो' मा आएको थियो फिरौतीको मेसेज
अपहरणपछि मागिएको थियो ५ करोड फिरौती, बालक मृत भेटिएपछि आफन्तहरूसँग सोधपुछ
अपहरणपछि मागिएको थियो ५ करोड फिरौती, बालक मृत भेटिएपछि आफन्तहरूसँग सोधपुछ
तीन दिनसम्म जलेको विराटनगर महानगर भवन अब 'बस्नै नमिल्ने'
तीन दिनसम्म जलेको विराटनगर महानगर भवन अब 'बस्नै नमिल्ने'
नख्खु र झुम्का कारागारबाट भागेका कैदी परे पक्राउ
नख्खु र झुम्का कारागारबाट भागेका कैदी परे पक्राउ
प्रतिक्रिया दिनुहोस्

विचार

डा. मुकेशराज काफ्ले
कोशी उच्च बाँधको डिजाइन परिवर्तनले पानीजहाजको सपनामा धक्का! डा. मुकेशराज काफ्ले
सन्तोष रिमाल
मैले 'दिव्य डिभाइस' बाट देखेको कुरूक्षेत्र काठमाडौं! सन्तोष रिमाल
डा. यादव पण्डित
नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र डा. यादव पण्डित
अमित ढकाल
त्यो समाज पछ्यौटे नै रहन्छ जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ! अमित ढकाल

ब्लग

दीपिका श्रेष्ठ
चम्किलो पर्दा पार: एक विद्यार्थीको सिक्ने सफर! दीपिका श्रेष्ठ
अमृत बेल्बासे
मोबाइलको मायाजाल! अमृत बेल्बासे
भरत पोख्रेल (यात्री)
बालबालिकाहरूले कसरी सिक्दछन्? भरत पोख्रेल (यात्री)
सुरेन्द्र राज जोशी
नेपाली मह: स्वाद र सम्भावनाको मिठास! सुरेन्द्र राज जोशी

साहित्यपाटी

निर्मल घिमिरे
निष्ठुरी बुवा! निर्मल घिमिरे
साजन विश्वकर्मा
दसैँ आयो रे! साजन विश्वकर्मा
डम्बर कार्की
मेरो दिवा सपना! डम्बर कार्की
गेहनाथ गौतम
हरियो मकैवाली! गेहनाथ गौतम

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP