Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, पुस ६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

वैंश

शीतल शर्मा

शीतल शर्मा

कविता

आकाशका तारा टिपूँ झैं लाग्छ, वैंशको बेलामा,

झरीमा त्यसै भिझूँ झैं लाग्छ, वैंशको बेलामा।

वर्षाको भेल लागेर साथै बग्छु कि त्यसैमा,

हावा र हुरी, भूमरीसँगै, घुम्छु कि त्यसैमा।।

 

चर्केको घाम, मृगको तृष्णा, थाक्दैन कै गरी,

उर्लंदै आको त्यो लाली जोवन, भाग्दैन क्यै गरी।

राखेर ऐना मुस्कुराई आफैं हेरिन्थ्यो छिन्छिन्,

वैंशको रूप देखेर आफैं, आवाज गुन्गुन।।

यता र उता कसैले हेर्यो मैलाई झैं लाग्दथ्यो,

चन्चले मन, उत्ताउलोपन त्यसै नै जाग्दथ्यो।

कुकुरको पुछर बाङ्गेको देख्दा, हाँस्ने ती दिन हो,

मै हुँ र त्यही आश्चर्य लाग्छ, आज त किन हो?

फूलमा रम्ने माहुरी आज, काँ गए होलान् ती?

रचेर आफ्नै संसार रमाई, बसेका होलान कि।।

रचना हेरी माहुरी फेरि , नभने यही छु नि,

पहिले जस्तो छैन म एक्लै, अर्कै कि भैछु नि।।

 

त्यो बालापन, कुरकुरे वैंश, छोरीमा सर्दै छ,

पत्तो नै छैन यो लीला आज कसले गर्दैछ?

अधबैंसे आज हुँदै छु बूढो लाग्दैन कैले नि,

रमाइला दिन सम्झेर फेरि, हाँस्दैछु अहिले नि।

सूर्यलाई हेर घुमेर आफैं, फर्कन्छ फेरि त्यै,

रातका जुन भेट्दछौं हामी, रातमा हेरी त्यै।

हाम्रो त लीला अनौठो लाग्दो, फर्कन्न बाल त्यो,

सम्भव भए गर्दथे बिन्ती, फर्काइदेऊ हाल त्यो।।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  १५:४०
सिफारिस
ओलीले निर्वाचन जिते, राजनीति हारे
ओलीले निर्वाचन जिते, राजनीति हारे
नेकपाको एकता सन्देश सभाअघि भृकुटीमण्डप क्षेत्रमा जुलुस (तस्बिरहरू)
नेकपाको एकता सन्देश सभाअघि भृकुटीमण्डप क्षेत्रमा जुलुस (तस्बिरहरू)
'अघिल्लो दिनदेखि जसलाई चिनेको छैन भनिरहेको थिएँ, उहाँ त मेरो बुबा हुनुहुँदो रहेछ!'
'अघिल्लो दिनदेखि जसलाई चिनेको छैन भनिरहेको थिएँ, उहाँ त मेरो बुबा हुनुहुँदो रहेछ!'
सिरियाका ७० ठाउँमा अमेरिकाले गर्‍यो हवाई हमला
सिरियाका ७० ठाउँमा अमेरिकाले गर्‍यो हवाई हमला
चुनाव लड्न पाए पनि सांसद र मन्त्रीका रूपमा काम गर्न पाउने छैनन् रवि लामिछानेले
चुनाव लड्न पाए पनि सांसद र मन्त्रीका रूपमा काम गर्न पाउने छैनन् रवि लामिछानेले
लोकतन्त्र सुधारबारे नारायणकाजीसँग बहस
लोकतन्त्र सुधारबारे नारायणकाजीसँग बहस
प्रतिक्रिया दिनुहोस्

विचार

नारायण वाग्ले
ओलीले निर्वाचन जिते, राजनीति हारे नारायण वाग्ले
अमित ढकाल
केपी ओलीको 'भक्तिमार्ग' मा दरार अमित ढकाल
तुलानारायण साह र नित्यानन्द मण्डल
मधेसमा सत्ता राजनीतिको व्याकरण तुलानारायण साह र नित्यानन्द मण्डल
नारायण श्रेष्ठ
‍‍अपरेसन गर्ने बेला जब छोराले सम्झियो... नारायण श्रेष्ठ

ब्लग

आरती लम्साल
हिमालको काखमा उभिएको साहस- मर्दी हिमालकी चियावाली कविता दिदी आरती लम्साल
भुवन मास्के 'मुस्कान'
यो सम्झिने मन छ... भुवन मास्के 'मुस्कान'
मुकुन्द कृष्ण थापा
घरदेखि माइतीघर! मुकुन्द कृष्ण थापा
विदुर दाहाल
यात्रु चढाउन स्टप नचाहिने, ओराल्न चाहिँ किन चाहिने गुरुजी? विदुर दाहाल

साहित्यपाटी

तुलसीप्रसाद दाहाल
ऊ दाहसंस्कार गर्न अवश्य आउने छ! तुलसीप्रसाद दाहाल
मेघेन्द्र प्रकाश गिरी
अर्को जुनीमा हाम्रो 'प्रेम स्पट' बर्दियामै जन्मन सकौं मेघेन्द्र प्रकाश गिरी
बालकृष्ण गौतम (अनुराग)
फेसबुकको त्यो अनौठो नाम! बालकृष्ण गौतम (अनुराग)
स्नेहा झा (श्रीमस्नेह)
आफैसँगको युद्ध! स्नेहा झा (श्रीमस्नेह)

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP