Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, चैत ६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

स्मृतिमा रोशनी

Royal Enfield
Royal Enfield
महेन्द्र पौडेल

महेन्द्र पौडेल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

सुतिरहेको थिएँ, फोन बज्यो। ब्युँझिएँ। रातको तीन बजेको थियो। फोन उठाएर सोधिहालें- के समस्या पर्‍यो?

ल्याण्डलाइन टेलिफोनको नम्बरबाट कल आएको थियो। मैले गुगल सर्च गरेर हेरेँ। पोर्चुगलको फारोशहरस्थित प्रहरी कार्यालयको रहेछ।

आधारातमा उठेर प्रहरी कार्यालय जानु झन्झटिलो हुँदै हो। प्रहरीको अनुरोधलाई टार्न सकिएन। प्रहरीले फोन गर्नुको कारण रहेछ: हिरासतमा रहेकी नेपाली महिला। उनी अरू भाषा बुझ्दिनन्। अनुसन्धान गर्ने प्रहरी नेपाली नबुझ्ने रहेछन्।

उनलाई नियन्त्रणमा लिएको दुई घण्टा भइसकेको रहेछ।  उनी लगातार रोइरहेकी रहिछन्। प्रहरीलाई दोभासे चाहिएको हो।

म केही समयदेखि पोर्चुगल फारोमा दोभासे काम गर्दै आएको छु। नेपाली, भारतीय र पाकिस्तानीलाई केही समस्या पर्‍यो र प्रहरीले समात्यो भने पनि मलाई बोलाउँछ, प्रहरी।

अस्पतालमा मात्र होइन अदालतमा भाषा नबुझ्ने समस्या पर्दा पनि मलाई बोलाउन थालेका छन् अचेल।

अल्ग्राभको एक युवा नेतासँग चिनजान र स्थानीय कम्पनीमा मैले काम गरेबाट पनि मेरो निष्पक्षतामा उनीहरूले भरोसा गर्न थालेका हुन्।

कहिलेकाहिँ दोभाषे काम गर्दा प्रहरी वा अदालतले आर्थिक सहयोग पनि गर्छन्।

त्यस रात म प्रहरी स्टेशन पुग्नेबित्तिकै सिपाहीले अभिवादन गरे। ती महिला प्रतीक्षा गरिरहेकी थिइन्। करिब २० वर्षकी महिलालाई लिएर अनुसन्धान गर्ने कोठामा एक प्रहरी आए।  

Ncell
Ncell

मैले तिम्रो नाम के हो? भनेर कुराकानी सुरू गरेको थिएँ। उनी झन् रोइन। विदेशमा नेपाली यो अवस्थामा देखेर मलाई माया लाग्नु स्वभाविक थियो।

 

मैले त्यहाँ प्रहरीलाई भनेँ, म ऊनीसँग एकान्तमा कुराकानी गर्छु। प्रहरीलाई पनि सोधें उनलाई किन यहाँ ल्याइएको हो भनेर। उनीमाथि एक भारतीयको १५ युरो र घडी चोरेको आरोप रहेछ। उनीबाट चोरीका कुनै सामानविना नै प्रहरीले सडकबाट समातेर ल्याएको रहेछ।

कोठाबाट प्रहरी बाहिर निस्किए। बल्ल उनी मसँग बोल्न थालिन्। रोशनी हो हजुर मेरो नाम, उनले पहिलो वाक्य बोलिन्।

समस्याबाट मुक्त पाइने आशामा उनले घटनाबारे फटाफट मलाई बताइन्।

‘मेरो घर नवलपुर कावासोती। बुबाको त्यहाँ किताब पसल छ । दुइ वर्षअघि मेरो बुबाले मेरो विवाह  पोर्चुगल बस्ने केटासँग गरिदिनुभयो। ऊ आफ्नो आमासँग कावासोती आएको थियो। पोर्चुगलमा बस्न पाइन्छ भनेर विवाह गरेँ।

यहाँ आएपछि थाहा पाएँ, नर्क रहेछ। एउटा सानो कोठामा हामी बुढाबुढी कोच्चिएर बस्नुपर्ने। दुइजना नै कामविहीन।

लोग्ने केही नगर्ने, गाँजा, चुरोट खाएर दिन कटाउने। फुन्दो (पोर्चुगल सरकारले दिने सोसियल मनीलाई फुन्दो भनिन्छ) हो कि के खाएर बस्ने।

बिहान बेलुका उसको स्याहार सुसार गर्नुपर्ने। दिउँसो एउटा ब्रिटिश परिवारको घरमा काम गर्न जान्थेँ। तर मेरो लोग्ने अफ्रिकन कारुसँग बसेर मदिरापान गर्दै घर आउने। दिक्क लाग्यो।’

उनले अझै आफ्ना समस्या सुनाइन।

‘त्यसदिन उसले खानाको प्लेट मेरो मुखमा पर्ने गरी फ्याँक्यो। म त्यो घरबाट भागेँ। मलाई एक ब्रिटिश परिवारको घर सफासुग्घर गर्दा १० युरो पाएको थिएँ। म बस स्टेशनमा आएँ। टिकटको लाइनमा एकजना भारतीय थियो। उसले जहाँको टिकट काट्यो मैले पनि त्यहाँको टिकट लिएँ। त्यो जहाँ जाँदै थियो उसैको पछि लागेर फारो आएँ।’

उनी चिसोले कापेकी थिइन्। चिया खाने हो? हुन्छ उनले भनिन्। दुईकप चिया लिएर आएँ।  ‘जसको साथमा फारो आयौं के उही हो भारतीय?’ उनले हो उही हो भनिन्।

त्यो भारतीयको तीन जना सन्तान छन्। श्रीमती काम गर्ने रहेछ। काम नपाउन्जेल घरमा बस्न उसले आग्रह गरेको रहेछ। सन्तान हेरिदिने भए दिनको २० युरो दिन्छु भनेको रे। तर श्रीमती आएपछि १० युरो मात्र दिन सक्ने बताइन्।

जब त्यो भारतीयको श्रीमती घरबाहिर जान्थिन् उसले मलाई नजर लगाउने गर्थ्यो। काम गरेको एक साता भइसकेको थियो तैपनि एक युरो पनि मागेको थिइनँ।

मैले श्रीमान् सम्झेँ। मैले फोन गरेँ उसलाई। भन्यो तिमी फर्क। मलाई उसकै साथ जाउँ जस्तो लागेको थियो त्योबेला।

कुराकानी गर्दागर्दै भारतीय आयो- कसको फोन? मैले जवाफ दिन नभ्याउँदै हात समायो र बेडरूम लग्यो। लगाएका कपडा च्यात्न खोज्यो।

ममाथि नराम्रो व्यवहार गर्न खोजेपछि हुत्तिएर कोठा बाहिर निस्कन सफल भएँ। त्यहाँबाट भागेँ। दौडिएर सडक आइपुगेँ।

सडकमा गुडिरहेका कार रोक्न खोजिरहेको थिएँ, त्यही बेला प्रहरीले मलाई समात्यो र यहाँ ल्याएको हो।

उनले घटनाबारे बताइन्। तर भारतीयले पैसा र घडी चोरेको भनेको रहेछ नि, उसले होइन भनि। पैसा हुन्थ्यो त लिस्बन जाने टिकट लिने थिएँ किन अर्कासँग लिफ्ट मागिरहनुपथ्यो र?

उनको कुरा मलाई ठीकै जस्तो लाग्यो। यो चिसोमा उनी किन सडकमा हिडिरहेकी हुन्थिन् र साथमा पैसो भइदिएको भए।

तर तिमीमाथि चोरीको उजुरी दर्ता भएको छ र जागिर पाउन पनि गाह्रो पर्छ कि भन्दा उनी झस्किइन्। प्रहरी आएर उजुरी दिने व्यक्ति पनि आएको बतायो।

भारतीयले आउनेवित्तिकै भन्यो- म तिम्रो कम्पनीको साहुलाई चिन्छु। ऊ मेरो साथी हो।

त्यो भारतीयले त मलाई चिन्दो रहेछ। तिमी यहाँ के गर्दैछौं? उसले सोधेको प्रश्नपछि मैले जवाफ दिएँ, ‘तिम्रो रिपोर्टमा प्रहरीले रोशनीलाई समात्यो। दोभासेका लागि म यहाँ आएको।’

‘यो पक्का चोर हो। पैसा र घडी चोरेर भागेकी मेरो घरबाट,’ उसले भन्यो।

मैले त्यो भारतीयको हात समातेँ । एउटा कुनामा लिएर गएँ। ‘तिमी त समझदारी मान्छे, बेकारमा यो मुद्दामा किन फस्ने? रिपोर्ट फिर्ता लेऊ।’

उसले रिपोर्ट फिर्ता लियो। मलाई पनि खाना खाने गरी घर आउनु भन्ने निम्तो दिएर ऊ प्रहरी कार्यालयबाट निस्कियो।

त्यसपछि प्रहरीले रोशनीलाई छाडिदियो। उसको साथमा लिस्बन जाने पैसो थिएन। मैले उनलाई बीस युरो दिएँ। उनलाई फारो स्टेशनमा छाडिदिएँ।

म त्यहाँबाट हिडेँ। अकस्मात मेरो दिमागमा एउटा कुरा आयो। विचरा उनको आमा-बुबा कति खुशी थिए, होलान पोर्चुगल बस्ने केटासँग छोरी दिएँ भनेर।

म सडकमा हुँदा मेसेज आएको थियो, छोरी जन्मिइन् भनेर। अस्पतालमा श्रीमतीले छोरी जन्माएकी रहिछन् म उतै गएँ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १३:३९
सिफारिस
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP