Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, चैत ८, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

जन-नेता

Royal Enfield
Royal Enfield
गगन सिंह थापा

गगन सिंह थापा

gibl
gibl
gibl
gibl
गगन सिंह थापा।
गगन सिंह थापा।
Tata box 1
Tata box 1

प्राचिनकालमा पाटलीपुत्र भन्ने अलकापुरी जस्तो एक देश थियो। यो देशका राजा अति नैतिकवान भई विधि-विधान सम्मत देशको राजपाठ चलाउथे। विदुर, कौटिल्या जस्ता परम विधान नैतिकज्ञ, यी राजाका राज्य सञ्चालक सल्लाहाकार थिए। राज्य रामराज्य अनुसार चलेको थियो। रामराजा प्रजा सुखको नीती थियो।

'दियो आफू बलेर अरुलाई उज्यालो दिन्छ, राजाले आफू बलेर प्रजालाई उज्यालो दिनुपर्छ।' रित्तो माटो राष्ट्र हुँदैन। राष्ट्र भन्नु नै जन-जनार्दनले भरिएको भूमि हो। जनताले दुख पाए राष्ट्रले दुख पाउँछ। जनता दुखी भए राष्ट्र दुखी हुन्छ। जनता जर्जर अथवा दुखी भए राष्ट्र दुखी हुन्छ। राजाको सम्पति भनेको राष्ट्र हो। राजाको अरु सम्पति हुँदैन, हुनु हुँदैन पनि।

राष्ट्र, राष्ट्रबासी नै सम्पति हुन्। जुन राष्ट्रका जनताले नगरको नागरिक अधिकार पाउदैन, त्यो नागरिक होइन। मानव अधिकार अथवा जन अधिकार बिनाको नागरिक हुँदैन। मानव हिन रित्तो भूमि राष्ट्र हुँदैन। अधिकार विहीन जनताको राष्ट्र प्रति माया हुँदैन। जनताको उदर र आङ पूर्ति गरेर मात्र राजाले आफ्नो उदर र आङ पूर्ति गर्नुपर्छ।

जनताको सुख नै राजाको सुख हो। जनता सुखी भए राजा सुखी हुन्छ। राज्यको सबै नरनारी राजाका कविला हुन्। यी कविलाका सबै परिवारजन राजाका पनि कविला हुन्छ। राज्यका अभिभावकका यी सबै आफ्नै परिवार हुन्। यिनमाथि कुदृष्टिले हेर्न हुँदैन। यिनमा कुदृष्टिले हेर्नु भनेको आफ्नै छोरी, बैनीमाथि कुदृष्टिले हेर्नु हो। त्यो अपराध हो। वैवाहिक सम्बन्ध आफ्नो राज्य क्षेत्रभन्दा बाहिर हुनुपर्छ।

राजाको यो राज्यप्रतिको नीतिले, रामराज्यको रुप लियो। राज्य अति सुखी र समृद्ध भयो। राज्यका कुनै पनि प्रजाले भोको, नाङ्गा र अभावमा बस्नु परेन। यहाँको समृद्धि देश विदेशमा फैलियो। यो सुनेर एक पटक चीनको बादशाहले आफ्नो दूतलाई पठाए। ती दूत धेरै दिनपछि पैदलयात्रा गरेर यहाँ पुगे। सिधै यहाँका राजालाई भेट्न गए। राजासँगको भेटमा आफूलाई आफ्नो बादशाहले पठाउनाको कारण सबै भन्यो।

'यो देशको यति छिट्टै विकास कसरी भयो? बुझ्न पठाउनुभएको...।’

'हो अतिथि देव! म हजुरको सौहार्द नमन हृदयदेखि नै स्वागत गर्छु। तर यो विकास कसरी भयो भन्ने कुरा मलाई थाहा छैन। सहरको पूर्वि छेउ मेरो सावन्तको घर छ। उहाँलाई गएर सोध्नु होस्। उहाँबाट सबै कुरा थाहा पाउनु हुनेछ।'

चिनियाँ बादशाहको दूतः सावन्तको घर खोज्दै गए। सहरको सीमा सकियो। नदीको किनार आयो। रिमझिम अँध्यारो हुँदै थियो। दूत सावन्तको घर सोध्न एक नर्कटको झाडले बनाएको घरमा गए। घर नर्कटको भित्ता, नर्कटकै पातको पाताले छाएको थियो। उनले बाहिरपट्टि बसेकी एक रक्षिकालाई सोधे- 'कल्याणी, यो राज्यका सावन्तको घर कहाँ होला?'

उनले त्यही घरलाई औल्याउदै भनिन्- 'यहि हो।'

Ncell
Ncell

दूत आकाशबाट खसे झै भए। उनले दैलोबाट झुलुक्क भित्र हेरे टाउको दैलो भित्र पुग्ने गरी। घरको भित्र नर्कट बारेर दुई कोठा छुट्टाएका थिए। एक कोठाबाट अर्को कोठा जाने भाग खुला थियो। सावन्त पूर्वतिरको कोठामा बसेर लेख्न हुने बेञ्च, त्यहाँ मसिको डिब्बा र कलम राखेका थिए। मकैको प्वाँखले बुनेका मान्द्रामा बसेका थिए। त्यो बेञ्चमा यी पुरानो हाथबुना कागजको डायरीमा दिनभरको राज्यको हिसाब गर्दै थिए। छेउमा पित्तलको बुट्टदार पानसमा तेलको बत्ति बलेको थियो।

चिनियाँ दूतले भने- 'म एक चिनियाँ बादशाहले पठाएको दूत, हजुरलाई भेट्न आएको।'

यो सुनेर सावन्त त्यो कोठाको पानसको बत्ति निभाएर वल्लो पट्टिको कोठामा आए। हुबहु उस्तै कोठा, उस्तै बेञ्च, उस्तै मकैको प्वाँखद्धारा बनेको मान्द्रो, उस्तै पानस, पानसको तेल बत्ति, कोठाको आकार प्रकार पनि उस्तै। सलाई कोरेर बत्ति बाले।

मकैको प्वाँखले बनेको मान्द्रा अलि वर ओछ्याउदै भने- 'अतिथि देव! बस्नुहोस्। म हजुरको हृदयदेखि नै स्वागत गर्दछु। कोटी कोटी नमन!'

दूत बसे।

'अतिथि देव, किन पाल्नु भएको यो राज्यको कुटिमा?'

'मैले म किन आएको भन्नुभन्दा पहिले सावन्त महाराज एउटै किसिमका कोठा, पानस, बेञ्चबाट त्यो कोठाको पानसको बत्ति निभाएर यो कोठाको हुबहु उस्तै पानस किन बाल्नु भयो?'

'अतिथि, म त्यो कोठामा राज्यको काम गर्थेँ। त्यो पानस, त्यो तेल, त्यो बेञ्च राज्यको थियो। त्यो कोठा, त्यो बेञ्च, यो पानस राज्यको सम्पति थियो। अब म हजुरसँग निजी कुरा गर्दै छु। यो मेरो निजी कोठा, निजी पानस, तेल बत्ति हो। निजी काममा राज्यको सम्पति खर्च गर्नु भएन भनेर…।

'अतिथि देव! हजुरको चीनका बादशाहले के सन्देश दिनु भएको छ मर्जिहोस्।'

'केबल शुभकामनाको सन्देश! पाटलीपुत्र अझै प्रगतिको शिखर चुमोस् भन्ने। अरु सन्देशको उत्तर मैले पाईसकेँ। अब सोधीराख्नु पर्ने कुरा केही छैन। मैले मनग्य उत्तर पाएँ। अब म बिदा पाउँ।'

सावन्त महाराजसँग बिदा माग्दै गर्विलो मानसपटलका साथ चिनियाँ दूत त्यहाँबाट हिँडे…।’

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  ११:२०
सिफारिस
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

फुल टाइम गिटारिस्ट!
छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
सम्बन्ध!
उद्रिएका सपनाहरू!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP