कविता
विवश भइ कराउँदै छु
हो, म एकोहोरो चिच्याउँदै छु
म त अनाथ भए, आमा माया दिने को छ र!
भन्देउ न ए सरकार, पर्नु अब म कस्को भर!
गाउँका बाँसहरुभन्दा अग्ला छन् घरहरु
आख्लाभन्दा बढी छन् घरका तलाहरु
तर
त्यही सहरको गल्ली गल्लीमा बेघर, भोकै रुदैछु
गाउँमा परिवार भए पनि यहाँ अनाथ हुँदैछु
न आफू दोषी छु, न अरु छ झै देख्छु
सधैँ आफ्नो भाग्य खोटी लेख्छु
सडक छेउमा थुपारिएको फोहोरजस्तै
कुहिरहेछन् यहाँ सपनाका लासहरु
सडकपेटी घर, हातको सिरानीसँगै
सपनामा खाएको देख्छु, ती अन्नका गाँसहरु
दुःख देख्ने मनहरु भेट्नै गाह्रो भयो
मानवता हराउन गयो बाँचेर भारै भयो
धिक्कार छ जन्मजातै सानो अनि गरिबी लेखियो
पटुकी कसी सपनामा टन्न हुँदै निदाएको
म जस्ता हजारौँ आज मृत भेटियो।