काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फुटेर सडक जलमग्न भएको छ।
यो सडक खण्डमा नयाँ अकासे पुल बन्दै गरेको छेउमा शनिबार साँझ खानेपानीको पाइप फुटेको हो। अहिले तीनकुने–बानेश्वर सर्भिस लेन जलमग्न भएको छ।
मेलम्ची अन्तर्गत मुख्य वितरण प्रणालीको पाइप फुटेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईइले जानकारी दिए।
के कारणले पाइप फुटेको भन्ने खुलिसकेको छैन।
'मुख्य वितरण प्रणालीको पाइप फुटेको हो। कारण पत्ता लागिसकेको छैन,' उनले भने।
यसअघि केही समयअघि काठमाडौंको बबरमहल क्षेत्रमा पनि खानेपानीको पाइप फुटेको थियो। काठमाडौंका विभिन्न ठाउँमा पाइपबाट पानी चुहिने समस्या छ।
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी







