नेता म बन्नै सक्दिनँ
किनकि मलाई डर लाग्छ
डराउने मान्छे नेता हुनै सक्दैन।
नेता बन्नलाई झुट बोल्नु पर्छ
मलाई कामै नगरी बोल्न डर लाग्छ
नेता बन्नलाई इमान बेच्नु सक्नु पर्छ
मलाई इज्जतको डर लाग्छ
नेता बन्नलाई झुटो आश्वासन दिए पुग्छ
मलाई आश्वासन दिन डर लाग्छ।
नेता बन्नलाई अरूलाई गाली सक्नुपर्छ
तर गाली अरूलाई गर्दा मलाई आफै तनाव हुन्छ
नेता बन्नलाई आफू बिक्न सक्नुपर्छ
तर म आफूलाई बेच्न सक्दिनँ
नेता बन्नलाई सोसियल मिडियामा रत्तिनुपर्छ
फलोवर बढाउन सक्नुपर्छ
एआईमा इडिट गर्न जान्नु पर्छ
त्यो मैले जान्न सकिनँ।
नेता हुन बस् बोलिदिए पुग्छ
बोलेको कुरा पुर्याउनु पर्दैन
नेता हुन काम गर्नु पर्दैन
देखाउन जान्नु पर्छ
त्यो म जान्दिनँ
धेरै कमजोरी छ मेरो
त्यसैले म नेता हुन सक्दिनँ
म नेता बन्नै सक्दिनँ
किनकि मलाई डर लाग्छ
डराउने मान्छे नेता हुनै सक्दैन।