Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, कात्तिक ७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

काकी!

डा. मुकेशकुमार साह

डा. मुकेशकुमार साह

मंसिर ५
डा. मुकेशकुमार साह।
डा. मुकेशकुमार साह।

मेरो मन मुटुमा बसेको कमला नदीकै छेउमा एउटा गाउँ छ, भलुवाही। त्यही गाउँको केही घरहरुको बीचमा रहेको आँगनमा एउटा मचान छ, काठले बनेको। पूरै काठ छ, छाना पनि काठकै, हेर्दै केही फरक देखिन्छ।

पानी पर्दा होस् वा घाम लाग्दा, सद्य दिन होस् वा पूर्णिमाको रात, ओल्लो पल्लो घरका छिमेक आएर बस्ने, भलाकुसारी गर्ने ठाउँ नी त्यही हो। समाजका प्रतिष्ठित व्यक्ति आएर बस्ने ठाउँ नि त्यही हो।

त्यस गाउँको प्रगतिको बाटो कोर्ने मनोसृजनात्मक ठाउँ पनि त्यही हो। त्यसैले त्यो मचान निकै पृथक छ। त्यो मचान आफैमा धेरै मूल्यवान पनि छ। किनकी, त्यही मचानमा कोरिएका भावनाले त्यो गाउँ सफलरुपमा स्थापित छ। आजको आधुनिक भलुवाही समेत पनि बनेको छ, जहाँ वर्षौंपछि गाडी दौडन्छ, त्यो पनि पिच रोडमा, बजार छ, निजी बोर्डिङ स्कुल पनि छ।

त्यसै मचानमा बुनिएको एउटा सपना थियो, सार्थक सपना जसले हजारौँको जीवन ज्योर्तिगमय बनाएको छ, त्यस समयमा। दश गाउँको शिक्षाको थलो, श्री कमला माध्यामिक विद्यालयको स्थापना। दूर-दराज कतै पनि विद्यालय नभएको बेलामा त्यस स्कुलमा शिक्षा लिन धेरै टाढाका विद्यार्थी पनि आएर पढ्थे। तीनपाटन होस्, बाहुन तिल्पु¨ डककाहा होस् वा हर्षाही, कालापानी होस् वा रानीबास, सबै क्षेत्रको विद्यार्थी आएर पढ्ने विद्यालय थियो।

अब्बल शिक्षक र प्रभावकारी व्यवस्थापनले त्यस विद्यालयको दूर-दराजसम्म सकारात्मक प्रभाव थियो। दैनिक एक कोशको दूरी पार गरेर पनि पढ्न आउथे। त्यसै विद्यालयका धेरै विद्यार्थी ठूला ठूला ओहदामा पुगेका छन्, डाक्टरदेखि इन्जिनियरसम्म पनि बनेका छन्, समाजसेवीदेखि राजनेता पनि बनेका छन्।

सबैको शिक्षाको थलो त्यही स्कुलको स्थापनाका लागि कोरिएको त्यो सपना सृजना गरिएको मचान भएकोले होला। हाम्रो बुझाइमा त्यो मचान अझै पनि अरु मचानभन्दा निकै फरक छ। त्यो मचान जहाँ जीवन र समाज परिवर्तनका लागि आवश्यक मनोसृजना गरिए, त्यस गाउँकी प्रतिष्ठित सामाजसेवी काकीको देन थियो। उनी आफ्नै छोराकी पनि काकी, छोरीकी पनि काकी, मेरी, उसकी सबैकी काकी।

लाग्थ्यो उनको नामै काकी हो। तर सामाजमा आपनत्व झल्काउने सम्बन्धनात्मक त्यसै शब्द काकीबाट नै उनी समाजमा परिचित थिइन्। उनको वास्तविक नाम मलाई अझै थाहा छैन, र म त्यो जान्न पनि चाहन्न। उनलाई चिन्न मेरो चक्छुका जानेन्द्रीय र श्रवण अंगहरुको चिरपरिचित शब्द पनि काकी नै हो। मेरो मस्तिष्कमा छापिएको उनको तस्बिरको तल लेखिएको नमा पनि काकी नै हो।

व्यवसायिक मनोभावले कुण्ठित समाज छ आज। पैसाको बिटोको भारी बोक्ने रहर भएका तर संकृण मानसिकताले ओतप्रोत समाज छ आज। स्वार्थी भावनाले ग्रसित रोगी समाज छ आज। सहयोगी त परको कुरा, मात्र बैगुनी समाज छ आज।

तर पनि कैँयन गाउँहरुमा शिक्षाको थलो नहुँदा स्कुल स्थापनाका लागि आफ्नो अधिकांश भू-सम्पत्ति दान गरेर अरुको जीवन ज्योर्तिगमय बनाउने सहयोगी त्यो मनोभावले ओतप्रोत काकीको त्यो परिवार आज पनि धेरैको मनमा प्रेमभावले स्थापित छ।

त्यसै विद्यायमा मेरो बुबा श्री सुर्यदेव हेड्स अनि मेरी आमा श्रीमति गीता शिक्षिका हुनुहुन्थ्यो। तराईको समथर फाँटबाट सिन्धुलीको रातमाटा, झाँगाझोली, भिमान हुँदै बिरानो लाग्ने पहाडी भूभागको त्यस भागमा पुग्दा आफनत्व झक्लिने गरी काकाकाकी भन्न पाउँदा हाम्रो परिवारका सबैलाई त्यो बिरानो ठाउँ पनि आफ्नै लाग्थ्यो।

त्यसै मचान छेउको काकीको अर्को काठको घर पनि आफ्नै लाग्थ्यो। मचानछेउको अर्को घर पनि काकीकै थियो। तर हामीलाई बस्न दिइएको थियो, रु ६० को मासिक भाडा दरले। दुई दशक त्यसै घरमा बसुन्लेज नबढेको भाडा पनि मलाई पृथक नै लाग्थ्यो। खासमा त्यो भाडा रहेनछ, हामीलाई ऋणी नबनाउने उनको आदर्श विचार पो रहेछ।

हामीलाई पनि आफ्नै परिवार सम्झने काकीको परिवारको त्यो मनोभाव पनि मलाई फरक नै लागथ्यो। काकीका परिवारका पुसु, प्रमिला अनि बसन्त पनि आफ्नै दाइ, दिदी, साथी लाग्थ्यो, हाम्रो परिवारको लागि।

मैले पनि त्यसै स्कुलमा पढ्ने मौका पाएँ, आफ्नो बाल्यकाल पूरै। सरकारी त्यस स्कुलमा बिताएँ। कक्षा एकदेखि दशसम्म पढ्दा आफ्नो बाटोको आधार तयार गर्ने मौका पाएँ। संयोगले डाक्टर बनेर समाजमा सेवा गर्ने आधार बनाउने त्यस स्कुल अनि स्कुल स्थापनामा सहयोग गर्ने काकीप्रति म सदैव कृतज्ञ रहने छु।

मभन्दा धेरै अब्बल व्यक्ति उत्पादन गर्ने त्यो स्कुल र तिनै काकी सायद सबैको मानसपटमा स्थापित छ, उनीहरु पनि कृतज्ञ नै हुनु पर्छ। आज तिनै काकी अस्पतालको बेडमा आफ्नो जीवनको अन्तिम घडीमा हुनुहुन्छ। म भेट्न जाने समयको खोजीमा छु। तर अरु बिरामीको सेवामा म पनि निकै व्यस्त छु। व्यस्तताले भेट्न जान पाउँदिनँ। मनमा कता कता दुःख छ। तर समय बलवान छ, कसैलाई कुर्दैन।

भाइटीकाको दिन पनि अस्पतालमै व्यस्त मेरो निधार पनि रित्तो। सप्तरंगी हैन बरु बेरंग। सायद अन्तरमनले नै उनको सम्मानमा मेरो बेरंग निधार नै इश्वरले नै रोजी दिएछन्।

तर म सम्झन्छु ती दिनहरु, काकीसँगका ती पलहरु। मचानमासँगै बसेको क्षणहरु। उनले दिएका आर्शीवचन पनि साँचेको छु। उनकै घरमा बसेका ती बीस वर्ष पनि सम्झेको छु। त्यसैले तिम्रो घर कहाँ भनेर कसैले सोध्दा, म मलुवाही नै भन्दिन्छु।

तर जे होस्, मेरो दिदी आशाको साथी प्रमिला, अनि मेरो दाइ राजिबको साथी बसन्त सबका सब आफ्नै लाग्ने गरी मनोभाव जागृत गर्ने काकीका स्मृतिहरु सदैव अमर रहनेछन्। उनले अरुको जीवन ज्योतिर्गमय बनाउन गरेको कदम पनि अमर रहनेछन्।

घण्टौ बिताउने, खेल्दा विश्राम गर्ने, गर्मीमा थकानको बिट मार्ने तराईदेखि पहाडसम्मका कुरा गर्ने काकीले बनाएको त्यो मचान अझै झलझल्ती सम्झन्छु म। दसैँको टीका लगाउने, तिहारमा बत्ती बाल्ने अनि तराईबाट छठको प्रसाद ठेकुवा एकअर्कामा बाडीचुडी खाने मचान पनि थियो त्यो।

लाग्छ, तराई र पहाडको भनोभाव जोड्ने पृथक मचान पनि थियो त्यो। एकता कायम राख्न आवश्यक मनोभाव जागृत गर्ने थलो त्यो मचान सायद राष्ट्रिय एकताको प्रतिक पनि थियो। काकीको त्यो मचान झैँ सबै मचानहरुमा शिक्षाको आधार तयार गरियोस्, देश विकासको आधार तयार गरियोस्।

काकी अब सम्झनामा मात्र रहनुभयो तर ती काकीकै जस्तै सबैको मन सहयोगीभावले ओतप्रोत होस्। अरुको जीवन ज्योतिर्गमय होस्।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १२:००
सिफारिस
यी स्थानमा छ आज वर्षा र हिमपातको सम्भावना
यी स्थानमा छ आज वर्षा र हिमपातको सम्भावना
आज कति छ अमेरिकी डलरको मूल्य?
आज कति छ अमेरिकी डलरको मूल्य?
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको यस्तो जुक्ती
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको यस्तो जुक्ती
यसरी खरानी बनाइयो होटल 'सरोवर' को ३ अर्ब लगानी
यसरी खरानी बनाइयो होटल 'सरोवर' को ३ अर्ब लगानी
बालगोपालेश्वर मन्दिरमा यसरी लगाइँदैछ भाइटीका (हेर्नुहोस् तस्बिरहरू)
बालगोपालेश्वर मन्दिरमा यसरी लगाइँदैछ भाइटीका (हेर्नुहोस् तस्बिरहरू)
३७ वर्षदेखि वसन्तपुरमा पान बेच्न आइरहेका सर्लाहीका वीरकुमार साह
३७ वर्षदेखि वसन्तपुरमा पान बेच्न आइरहेका सर्लाहीका वीरकुमार साह
प्रतिक्रिया दिनुहोस्

विचार

यादव देवकोटा
आफ्नै भाउजू थिइन् महाकवि देवकोटाको 'यात्री' कविताको पात्र यादव देवकोटा
लेखनाथ पाण्डे
पत्रकारितामा दलीय ऐँजेरू! लेखनाथ पाण्डे
विजयमणि पौडेल
बेलायतको विश्वविद्यालयमा एक महिनाको अनुभव विजयमणि पौडेल
डा. सुशील कोइराला
म जुम्ल्याहा जेनजी छोराको बा डा. सुशील कोइराला

ब्लग

आरती लम्साल
भाइबिनाको तिहार आरती लम्साल
आर्या श्रेष्ठ
अनि मैले हेर्दाहेर्दै पुन्टु ढल्यो आर्या श्रेष्ठ
निकेश शर्मा
विदेशको बाटोले अलग गरेको प्रेम! निकेश शर्मा
अम्बिका प्रसाद तिमिल्सेना
एसी बसमा आराम साथ चाँडै पुगौंला भन्ने सोचेको तर... अम्बिका प्रसाद तिमिल्सेना

साहित्यपाटी

रबिन्द्र के.सी
किन हुन्छ प्रेम विवाहमा पनि यस्तो वैरभाव? रबिन्द्र के.सी
विमल लामिछाने
सारिकाको सिउँदो विमल लामिछाने
राकेश कार्की
ज्यादा कमाउनु मूर्खता हो त! राकेश कार्की
सन्तोष बोहरा
अन्तर त केबल दुरीको हो! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP