Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन २९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सफर...

Nmb
Nmb
पदमराज अवस्थी

पदमराज अवस्थी

पुस ६
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

माघ १५ पछि वसन्त पञ्चमीले बोलाउने
न्यानो वसन्तमा
उभौलको साइत पारेर खुल्ला आकाशमा
स्वच्छन्द पखेटा फिजाउदै
टालाटुली खेलेको भूगोलमा फर्किने पंक्षी जस्तै
फर्कन मन छ मलाई तिम्रो जन्मथलोमा
तर, सखी म कहिल्यै उड्न सकिनँ।

सिमराको आकासमाथि श्री एयरको जेट जस्तै
रफ्तारमा तिमी कर्मशील यात्रामा उडी रहँदा
मलाई नि रहर नभएको कहाँ हो र तिमीसँग उड्ने
तिमीसँग जहाजको पछिल्लो सिटमा बसेर
अनन्त हिमशैलसम्म आँखा पुर्याउदै
रहरलाग्दी एयर होस्टेजले दिएको पिनट र कोक
मुखमा राख्दै, तिमीसँगै कर्मशील यात्रामा निस्किने,
तर सखी, म कहिल्यै उड्न सकिनँ।

तिमी कर्ममा लिप्त भएर साधनामा
रमाउने मान्छे
नुनको सोझो गर्दा तिमी पुग्यौ कहिले
पूर्व त कहिले पश्चिम
जादैछौ फेरि मधेसको सिमान्त रेखामा
कर्मका पाइलाहरु लम्काउन
सक्नेछौ तिमीले हरेक चुनौतिलाई
आँखै अगाडि लम्प्सार पारेर देखाउन
किन्तु, मलाई एउटै कुराले सताउदैछ
कसरी सहन सकौली तिम्रा गुलाबी गालामा

शितका थोपाले शितलहर जमाएको
कसरी सहन सकौली तिम्रा मुलायम हातहरुमा
सालघारी छिचोल्ने सिरेटोले नमिठो स्पर्श गरेको
र, कसरी सहन सकौली तिम्रो सुरम्य केशमा
ट्युबेलको जलले बिहानै कलकल गरी नुहाएको,
सखी, सक्ने भए त सिमलको भुवा बनिदिन्थेँ
उडिदिन्थेँ भित्री मधेस हुँदै तलको मधेससम्म
सुटुक्क पसिदिन्थेँ तिम्रो सयन कोठामा र,
पारिदिन्थेँ न्यानो माहौल सिमलको भुवा गासेर,
तर सखी, म किहल्यै उड्न सकिनँ।

रुसको समिपबाट चल्ला हुर्काउन
कोशी टप्पु र अरुण उपत्याकामा डेरा खोज्न
बिना भिषा फ्री टिकट उडेर आउने
क्यारेबियन चरी जस्तै
मलाई पनि उडि आउन मन छ तिम्रो मधेशमा
अग्रगामी भविष्यका प्रगतिशील सपनाका
र, उन्नत भविष्यका समुन्नत योजनाका
होनहार बचेराहरु हुर्काउन
तर सखी, म कहिल्यै उड्न सकिनँ।

Premier
Premier

रातभरिको झरिले हिउँ वर्षात गरी
सेताम्य हुलिया बोकेका पहाडहरुमा
घामको कमलो लाली पर्दा छाउदा
पहाड छोडि उड्ने निख्खर सेतो कुहिरो झैँ
म पनि उडेर आइदिउँ लाग्छ तिम्रो सामास्रज्यमा
सारा मनरुपी रुपसी दरबार छोडेर
ढाकि दिउँ लाग्छ अरु सारा अप्ठ्याराका पहाडहरु
र बनिदिउँ लाग्छ दुखको सहारा
तर सखी, म कहिल्यै उड्न सकिनँ।

Ncell

Ncell

तिम्रो घर तलको खेतमा शालिधानले
लहलहाउदै शरदचन्द्रको शित पातमा टल्काउदै
दसैँको झल्को र झझल्को दिदै गर्दा
जसरी एक दावली बालक जम्मा भएर
आकाशमा चंगा उडाउदै उमंग मनाउछन्
ठिक त्यसैगरी, तिमीले विजयको सिम्रिक
हावामा उडाउदा
म पनि उडिदिउँ सिम्रिकसँगै र नाचि दिउँ
तिम्रो विजयको लयमा लाग्दछ,
लाग्दछ हावासंगै गुनगुनाउ मपनि आकाशमा
तिम्रो विजय र शालिनताको गीत
तर, सखी म किहल्यै उड्न सकिनँ।

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १८:०१
सिफारिस
'रवि लामिछानेले सहिदको रगत खेर जान दिन्नँ भन्नुभएको छ'
'रवि लामिछानेले सहिदको रगत खेर जान दिन्नँ भन्नुभएको छ'
नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार
नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार
कांग्रेसका १८ उम्मेदवारको धरौटी जफत, ८४ स्थानमा दोस्रो
कांग्रेसका १८ उम्मेदवारको धरौटी जफत, ८४ स्थानमा दोस्रो
४९ स्थानमा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
४९ स्थानमा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन
बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन
'चुनाव जितियो, तर यो सुरूआत मात्र हो'
'चुनाव जितियो, तर यो सुरूआत मात्र हो'
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

निर्वाचन सफलताको बधाई!
आश्चर्य!
अब रङ बदल्नेछन्!
सुब्बा साहेबकी प्रेमिका!
तिमी हारेका होइनौ!
लोकप्रियता!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP