चुनाव आयो भक्तहरू भक्तगान गायिरहेछ
नक्कली जोगीहरू टोल-टोलमा चलमलाइ रहेछ 
मिथ्या भाषाण भकभाकाइ रहेछ 
देशको अर्थतन्त्र डगमगाइ रहेछ 
मदिरा, पैसा बाँडिरहेछ 
नोटसँग भोट किनेर देश भाँडिरहेछ। 
घर-घरमा मोलमोलाई चलिरहेछन् 
खाडीको रेतमा युवाहरू जलिरहेछन् 
जो चिन्दैन सीमा स्तम्भ बुझ्दैन जनभावना
पूरा गर्दैन जनचाहना 
आफूभित्र षड्यन्त्र रच्दैछ 
महामारीमा हाहाकार फैलाएको ऊ
दुखी, गरिब मजदुरको घरदैलोमा पस्दै छ 
चुनाव जित्नलाई एकरात उतै बस्दैछ 
रोजगारी, शिक्षा, विकासका पाना बाँडिरहेछ 
नोटसँग भोट किनेर देश भाँडिरहेछ। 
त्यो हुँदैन देशको भक्त 
जसलाई माटोले चिन्दैन
जनताले जान्दैन 
कार्यले भन्दैन 
आफू स्वार्थ इतिहास रच्न खोजिरहेछ 
तृप्त सपना पूरा गर्न 
आफ्ना आफन्त पोषीरहेछ 
टोल-टोलमा मदिरा र पैसा बाँडिरहेछ 
नोटसँग भोट किनेर देश नै भाँडिरहेछ।