जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन आजबाट सुरू भएको छ। प्रज्ञा भवन कमलादीमा तीन चल्ने विधान अधिवेशनमा ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव गरिएको छ।
संघीय परिषद्सहित १५१ सदस्यीय केन्द्रीय समिति बनाउने र ७० वर्षे उमेर हद लगाएको जसपाले जातीय पहिचानसहितको प्रादेशिक संरचना प्रस्ताव गरेको हो।
प्रस्तावित विधानको धारा ५४ मा पहिचानमा आधारित प्रादेशिक संरचनाको प्रबन्ध छ।
पहिचानमा आधारित प्रादेशिक संरचनाको रूपमा पार्टीमा राष्ट्रिय समितिहरू रहने प्रस्ताव गरिएको छ।
यस समितिले मूलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरू गर्ने कार्यक्षेत्र पनि तोकिएको छ।
पहिचानमा आधारित प्रादेशिक संरचनाहरू लिम्बुवान, किरात, मधेस, शेर्पालुङ, नेवाः, ताम्सालिङ, तमुवान, मगरात, थरूहट, खसान र शिल्पी/दलित विशेष समिति रहने उल्लेख छ।
यो पनि
जसपाले अघि सार्यो ७० वर्षे उमेर हद, संघीय परिषद् तथा १५१ सदस्य केन्द्रीय समिति रहने