राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारको केन्द्रीय समिति बैठकले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ।
उनले पार्टीमा क्रियाशील रहने तर प्रशिक्षण विभाग प्रमुख छाड्ने बताउँदै आएका थिए।
३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध रहेका शाह रास्वपा प्रशिक्षण विभाग प्रमुख बनेका थिए।
उनलाई रास्वपाले २०८० असार ७ गते प्रशिक्षण विभाग प्रमुख बनाएको थियो।
यो पनि; सुमना श्रेष्ठको राजीनामा स्वीकृत, केन्द्रीय समितिमा जानकारी गराइयो