प्रतिनिधि सभाको बैठक आज दोस्रो पटक पनि सरेको छ।
आइतबार साँझ साढे ५ बजे बस्ने गरी संसद बैठक सरेको संघीय संसद सचिवालयले जनाएको छ।
यसअघि दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो। तर उक्त समयमा बस्न नसकेपछि सवा ३ बजेसम्मका लागि स्थगित गरेको थियो।
तर त्यसबेला पनि बस्न नसकेपछि साढे ५ बजेका लागि स्थगित गरेको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन्। सभामुख देवराज घिमिरेले आइतबार बिहान प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग संसदको गतिरोधबारे छलफल गरी असन्तुष्टि समेत जनाएका थिए।