नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिएका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै दस्तावेज पार्टीमा दर्ज गरेका छन्।
मंसिर २७ गतेदेखि सुरू हुने ११ औं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा आफूहरूले उठाएका कुरा पनि समेट्न आग्रह गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आज च्यासल पुगेर महासचिव शंकर पोखरेललाई दस्तावेज बुझाएका हुन्।
उक्त दस्तावेजमा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेतृत्वको दुई कार्यकाल र ७० वर्षे उमेर हदलगायत विषय पार्टीमा विधि बनिसके पनि तोडमोड गरिएको कुरा उल्लेख गरेका छन् भने यस्ता कुराले पार्टीमा समस्या ल्याउने उनको भनाइ छ।
एमाले महाधिवेशनमा पोखरेल पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन्।
पूर्णपाठ: