नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेविसंघ अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ।
देउवा पक्षले बनाएको १५ औं महाधिवेशन तयारी समिति संयोजक शशांक कोइरालाले कात्तिक १२ गते पर्वतकी मल्ललाई नेविसंघ अध्यक्ष मनोनीत गरेका हुन्।
कोइरालाले मल्ललाई नेविसंघ अध्यक्ष मनोनीत गर्दै ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी पनि दिएका छन्।
यसअघि कोइरालाले तरूण दल अध्यक्षमा काभ्रेका दिल लामालाई मनोनीत गरेका थिए।
देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ। उक्त महाधिवेशनअघि भ्रातृ संस्थामा अध्यक्ष मनोनीत गर्ने क्रम चलिरहेको छ।