नेकपा एमालेले महाधिवेशन उद्घाटनमा शुभकामना दिन यसपालि विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ।
तर विदेशी पाहुनाहरूबाट शुभकामना सन्देश भने मगाइएको नेताहरूले जनाएका छन्।
एमालेले नेपालमा रहेका १६ वटा दलहरूलाई महाधिवेशन उद्घाटन सत्रमा शुभकामना सन्देश दिन निम्तो गरेको छ।
एमालेको ११ औं महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुनेछ।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा, राप्रपा नेपाल, जसपा, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नाउपा, परिवार दल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा माओवादीलगायत १६ दललाई महाधिवेशन उद्घाटन सत्रमा निम्तो दिइएको केन्द्रीय सदस्य सुनिता बरालले जानकारी दिइन्।
एमालेले भर्खरै खुलेका नयाँ दलहरूलाई भने महाधिवेशनमा बोलाएको छैन।
नाउपा नेपाल, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टीलाई निम्तो नदिइएको नेताहरूले जनाएका छन्।