काभ्रे क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य गणेश लामा उम्मेदवार सिफारिस भएका छन्।
क्षेत्रीय सभापति दिनेश लामाका अनुसार आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ उम्मेदवारहरू सिफारिस गर्ने निर्णय गरेको हो।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ गणेश लामा, गुणराज मुक्तान, तीर्थबहादुर पसखल, बिदुर बस्नेत, रसिला खनाल तथा समानुपातिकतर्फ हर्षजित लामा, ललिता किङरिङ, हरिबहादुर बल, मीरा नेपाली, उद्धव कोइराला, बाबुराम गिरीको नाम सिफारिस भएको छ।
राष्ट्रिय सभातर्फ ईन्द्रमणि अधिकारी र ईश्वरीप्रसाद ओझाको नाम सिफारिस भएको छ।