नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत क्षेत्र नम्बर १ बाट एकल रूपमा सिफारिस भएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि खड्काको नाम एकल रूपमा सिफारिस गरिएको हो।
क्षेत्रीय समितिको मंगलबारको बैठकले खड्काको नाम एकल सिफारिस गरेको क्षेत्रीय सभापति झकबहादुर डाँगीले बताए। २०७९ सालमा पनि खड्काको नाम एकल रूपमा सिफारिस भएको थियो।
समानुपातिकतर्फ नरबहादुर सोनी र भीमा मल्लको नाम सिफारिस भएको छ।