नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्।
क्षेत्रीय समिति बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ काठमाडौं ४ बाट थापाको मात्रै नाम सिफारिस भएको हो।
महामन्त्री थापाको नाम रोल्पा र धनकुटाबाट पनि उम्मेदवार सिफारिस भएको छ। तर थापाले काठमाडौं ४ मै उम्मेदवारी दिने बताएका छन्।
महामन्त्री थापा काठमाडौं ४ बाट लगातार निर्वाचन जितिरहेका छन्।
काठमाडौं ४ बाट समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल, राजन विश्वकर्माको नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ।