नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरलाई उम्मेदवारमा सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य, शिक्षा विभाग प्रमुख र नेविसंघ पूर्वअध्यक्ष महरलाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।
उनी कैलाली ४ मा अघिल्लो चुनावका बेला पनि उम्मेदवार सिफारिस भएका थिए।
यही क्षेत्रबाट नेता वीरबहादुर बलायरसहित विजय कुँवर, लोकराज पाण्डेय ‘आगो’, दिनेशराज जोशी, टेकराज जोशी र भुवन महरा पनि सिफारिस भएका छन्।
२०७९ को चुनावमा वीरबहादुर बलायर यस क्षेत्रबाट निर्वाचित भएका थिए।
समानुपातिकतर्फ यज्ञनिधि कोइराला, जानकी पाल, खडक सिँ बडैला, गोपाल बहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरिएको छ।
राष्ट्रिय सभा सदस्यका लागि लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरादत्त भट्ट को नाम सिफारिस गरिएको रोकायाले बताए।