पार्टीलाई रूपान्तरण गर्न नेपाली कांग्रेस सुधार अभियान चलाएका नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिवराज रिमाल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट उम्मेदवार सिफारिस भएका छन्।
रिमालसहित प्रतिनिधि सभा प्रत्यक्षतर्फ लमजुङबाट ९ जनाको नाम सिफारिस भएको छ। कांग्रेस सुधार अभियान चलाएका रिमालले पार्टीभित्र र उम्मेदवार बनाउँदा ४० प्रतिशत युवा सुनिश्चितता हुनुपर्ने बताउँदै आएका छन्।
वृषराज गुरूङ, यमबहादुर गुरूङ, विष्णुप्रसाद धिताल, सुवोधबाबु चिलुवाल, तुलसीनारायण श्रेष्ठ, गमप्रसाद गुरूङ, चन्द्रबहादुर कुँवर, शिवराज रिमाल र शैलेन्द्र घिमिरेको नाम सिफारिस भएको हो।
समानुपातिकतर्फ रामकृष्ण बराल, राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरूङ, ज्ञानु शाह, धनकुमारी गुरूङ, भिउसिन दमै, सन्तोष न्यौपाने, स्थिरबाबु खाती, सुरेन्द्रप्रसाद पौडेलको नाम सिफारिस भएको छ।
राष्ट्रिय सभातर्फ गर्जबहादुर गुरूङ, विष्णु माया न्यौपाने धिताल, शुभनाथ मिश्रको नाम सिफारिस भएको हो।