नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ले राष्ट्रिय सभा र प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरेको छ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, ईश्वर चिपालु, रमेश लिङ्देनको नाम सिफारिस भएको छ।
प्रतिनिधि सभा समानुपातिकतर्फ प्रेमिका राना मगरको नाम पहिलो नम्बरमा सिफारिस भएको छ। उनी नेविसंघ केन्द्रीय सदस्य हुन्। त्यस्तै माधवप्रसाद चम्लागाईं, धनमान बराइली, सुजाता परियार, भुवानी शशेर राईको नाम सिफारिस भएको छ।
राष्ट्रिय सभा सदस्यका लागि हिमालय कर्माचार्यको नाम सिफारिस भएको छ।
माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधि सभा चुनाव हुँदैछ।