नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ ले प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवारहरू सिफारिस गरेको छ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ मनोज गुरुङ, सीता गुरुङ, देवेन्द्र केसी, महोदत्त पोख्रेल, धर्मराज अधिकारी, कृष्णप्रसाद पौडेल, यामकृष्ण पौडेल, खिमलाल बास्तोला, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, जीवनप्रसाद बास्तोला, रामप्रसाद अधिकारीको नाम सिफारिस भएको छ।
समानुपातिकतर्फ कृष्णकुमारी परियार, कमला बिन्दु बराल, विजयालक्ष्मी कोइराला, आइबहादुर गुरुङ, शारदा पौडेल, देवेन्द्रकुमार शेरचन, मनबहादुर विश्वकर्मा, भीमबहादुर गुरुङ, प्रभा सुवेदी, दुर्गाबहादुर सुनारको नाम सिफारिस भएको छ।