नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५ मा ५ जनाको नाम सिफारिस भएको छ।
फागुन २१ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार हुन प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य प्रदीप पौडेल, रजनी थापा, भैरव सापकोटा, जनकराज श्रेष्ठ र सरिन घिमिरे शर्माको नाम सिफारिस भएको हो।
प्रवक्ता महतको नाम नुवाकोट १ बाट पनि सिफारिस हुने बताइएको छ। महत नुवाकोट क्षेत्र नम्बर १ मा उम्मेदवार हुने तयारीमा छन्।
२०७९ को चुनावमा काठमाडौं ५ बाट प्रदीप पौडेल निर्वाचित भएका थिए।
रजनी २०७९ को स्थानीय तह चुनावमा टोखा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् भने सरिन महासमिति सदस्य हुन्।
यस्तै समानुपातिकतर्फ श्रीविनोद भट्टराई, रमा गुरागाईं, कृष्णकुमारी बस्नेत, अकला गुरूङ, कृष्ण थापा मगर, राजेन्द्रमान जोशी र निरविक्रम शाहको नाम सिफारिस भएको हो।