नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ बाट पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता बाबुराम आचार्यको नाम सिफारिस भएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिंह र आचार्यको नाम सिफारिस भएको हो।
यस क्षेत्रमा सिंहले चार पटक चुनाव जितिसकेका छन्।